बिपन्न परिवारलाई बिपत बिमलालाई छटपटी



सलिम अनसारी, प्युठान ।

बाबुआमाले बुढेशकालको सहारा मानेका हुन्छन छोराछोरीलाई । घरमा कोहि बिसन्चो भए परिवारका कसैलाई चईन हुदैन । घरघडेरी वेचेरै उपचार गरिन्छ । ऋृणधन जुटाउन पनि ठूलो कुरा बन्दैन । त्यसबाट पनि बिकल्प नभए एउटै उपाए बाँकी रहन्छ । सहयोगी मनहरुको खोजी । घरका दुई सदस्य नै रोगले थलिएपछी बेलबासे परिवार सबैसंग सहयोग मागिरहेको छ । श्रीमान मृगौलाले पिडित छन। छोरा जिन रोगले ग्रसित । घरमुली बिमला बेल्वासेलाई संसारमा कसैलाई नपरेको दुख आफैलाई परे जस्तो लाग्छ । बाबुछोरा दुवै रोगसँग संघर्ष गरिरहेका छन् । बिचरी ! बिमलालाई छटपटि छ, लोग्ने र छोराको उपचार कसरी गर्ने ?
श्रीमान खिमप्रसाद मृगौला रोगले पिडित छन । उनका दुबै मृगौलाले काम गर्दैन्न । ५ वर्ष सम्म डाईलासिस गर्नुपर्यो । भेन्टीलेटरमा पनि राख्नु पर्यो । भएको सबै जायजेथा श्रीमानको उपचारमा सकियो । थप उपचारको लागि खिमप्रसाद भारतको दिल्ली गएका छन् ।
बुढेसकालको सहारा भन्ठानेको छोरो जिन रोगबाट ग्रसित भएपछि अर्घाखाँचि भूमिकास्थान–१ घर भएकी बिमला बेलबासेलाई खाएको एक गाँस पनि आङ लाग्दैन ।
श्रीमान र छोराको चिन्ताले खाना खानु नखानु एकै सरह भएको छ उनलाई ।
२ बर्ष अघि सम्म यिनै बिमलालाई श्रीमानकै मात्र पिरलो थ्यो। श्रीमानको उपचार हुदै गर्दा अर्काे समस्या पनि आईलाग्यो । एक्ला सन्तान हुन विशेष। उनलाई अनौंठो रोगले सतायो । सुरुमा अनुहारमा कालो कोठि जस्तै फोका उठे । बिस्तारै आकार बढ्दै गयो । अनुहार पुरै छोपिन थाल्यो । नाक, गाला वरिपरी मासु पलाउन थाल्यो । झन पछि झन समस्या बढ्दै गयो । चार बर्षको छदा विशेषको अनुहारमा हल्का कालो पोतो बसेको थियो। काठमाडौँको अस्पतालमा आएर जचाँउदा पो थाहा भयो, ६ बर्षिया बालक विशेषलाई जीन समस्याले यस्तो भएको रहेछ । शिक्षण अस्पताल सहित अन्य अस्पतालमा उपचार गरे । तर पनि समस्या उस्तै रहयो। कालो दाग निको हुनुको साटो गिर्खामा बदलियो । यसको उपचार नेपालमा सम्भव छैन् । भारतको अस्पतालमा उपचार गर्दा कम्तिमा ६०र६५ लाख भारु रुपैयाँ लाग्ने चिकित्सकहरुले बताएपछि बिमलाको होस हवास उडेको छ । भारतको एपोली अस्पतालमा उपचार हुने भएपनी खर्च जोहो गर्न नसकिने भएपछी पिडित परिवारलाई गहिरो चिन्ता छ।
‘श्रीमानको उपचार गर्दा सम्पती सकियो, अब छोरालाई कसरी बचाउँ ? बिमलाले भनिन्–‘मेरो एक्लै सन्तान यहि हो र बुढेशकालको सहारा पनि । सानै उमेरमा ठूलै रोगले समात्यो । उपचार संभव छ, डाक्टरले भनेका छन ’नयाँ जीवन दिन सकिन्छ ।’ सबैसँग अनुरोध गर्छु, हामीलाई सहयोग गर्दिनुस ।’ अहिले बिमला लमही–६ देउपुर माइत आएकी छिन् ।
जीनमा समस्या देखिनु लाखौँ व्यक्ति मध्ये एकरदुई जनामा यस्तो समस्या देखिन्छ । छोराको जीवन रक्षाको लागि सहयोग माग्न बिमला माईत आएकी हुन् ।
‘भएको जति सम्पती सबै बिक्री गरिसकेँ, जग्गा जमिन केही बाँकी छैन। छोरा बचाउन के गरौँ, अब त बेचौ भनेपनि केही छैन, बेलाबेला भक्कानिन्थिन,कुरा पनि गर्थिन। पीरको भारीले थिचेको थियो तिनलाई। बिमलाले भनिन् ‘छोरोलाई बचाउन मन छ तर उपचार खर्च कहाँबाट ल्याउने ?
टाउकोमा पनि यस्तै एउटा घाउ थियो, ट्यूमर रहेछ एक लाख रुपैया खर्चेर सल्यक्रिया गरेपछि निको भयो । तर, अनुहारमा मासु पलाउने समस्या जस्ताको त्यस्तै रह्यो। जिन फेरेर थेरापी गरेपछि रोग निको हुने चिकित्सकले भनेका छन् ।
विशेषलाई बचाउन आफन्तहरुले अभियान पनि चलाएका छन् । छोराको जीवन बचाउन अपिल गर्दै कृषि विकास बैंकमा विशेष बेल्बासेको नाममा रहेको ०२१२१०१२३४०२९०११ नम्बरको खाता समेत खोलिएको छ । खाडिमा रहेका पिडित बिशेषका मामा विजय भुसालले विशेष बचाउ अभियानलाई सहयोग गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्