हिक्क हिक्क गर्दै किन रुनुभो डा.केसी ?

0
Shares

काठमाडौँ, (नेस)
चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा.गोविन्द केसी मंगलबार डिस्चार्ज हुनेक्रममा हिक्क हिक्क गर्दै रुनुभयो । आफ्ना माग र सरकारसँगका सम्झौताबारे ध्यानाकर्षण गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गर्दा विरामीको उपचार गर्न नपाएको प्रसङ्ग सम्झँदा रुनुभएको हो ।

२७ दिने अनसनपछि ६ दिन आइसीयु र ७ दिन मेडिकल वार्डमा उपचार गराई डिस्चार्ज हुनुभएका डा.केसीले एक हप्ता पछि बिरामी हेर्न आउने कोशिस गर्ने बताउनुभयो ।उहाँले सरकारले आफ्ना माग पूरा नगरे १६ औं पटक पनि सत्याग्रहमा उत्रने चेतावनी दिनुभयो । आफू कुनै पदका लागि नलडेको भन्दै उहाँले सरकारले भनेको पदमा नबस्ने बताउनुभयो ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी डा.केसी पटकपटक अनसनि बस्दै आउनुभएको छ ।