कांग्रेस सभापति देउवा सिंगापुर जाने

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार सिंगापुर जाने भएका छन्। उपचारका लागि उनी पत्नी आरजुसहित उनी सिंगापुर जान लागेका हुन्।

पेटका उपचारका लागि उनी देउवा सिंगापुर जान लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

यसअघि साउन ६ गते उनी सिंगापुर जाने तय भएको थियो। त्यस बेला डा गोविन्द केसीको विषयमा आन्दोलन चर्किएपछि उनले भ्रमण स्थगित गरेका थिए।