अछाम जिल्लामा रैथाने पवृति लोपहुने अवस्थामा



गोविन्द भण्डारी , अछाम ।
अछाम जिल्लामा रैथाने पवृति लोपहुने अवस्थामा पुगेका छन । रैथाने प्रवृत्तिको रूपमा रहेको पानी घट्न अहिले लोपहुने अवस्थामा पुगेको छ । पुर्खाहरूले घरेलु उद्योगका रूपमा प्रयोग९सञ्चालन० गर्दै आएका पानी घट्टको साटो अहिले बिधुतिय मेसिन बाट चल्ने उद्योग हरू संञ्चालनमा आएपछि रैथाने प्रवृत्ति लोपहुने अवस्थामा पुगेका हुन ।

पहिले चामल,धान,गहु, मकै लगायतका अन्नबालि पिस्नको लागि घट्टमा लिने गरिन्थ्यो । तर स्थानीय उद्योगको रूपमा परिचित पानी घट्ट अहिले लोपहुने अवस्थामा पुग्दा आफुले संञ्चालन गर्दै आएको पानि घट्टाा अहिले अन्नबाली पिसानि गर्न पहिलेको भन्दा निकै कम आउने गरेका मंगलसेन नगरपालिका वडा न ७ का किथ्थे बिकले बताउनुभयो । बिकले सोही क्षेत्रमा घट्ट ब्यावसाय गर्दै आएको १५ बर्ष बितिसकेको छ ।

आफुले २५ केजिको पिसानि गरे बाफत ४ माना पिठो लिने गरेको उहाँ बताउनुभयो । बर्षाको समयमा पानि पर्याप्त हुनाले १ सय २० केजि सम्म पिसानि हुने र हिउदो समयमा ३० देखि ४० केजी सम्मको अन्न पिसानि गर्न धौधौ हुने गरेको भनाइ रहेको छ । बर्षायाममा पानीको मात्रा प्रर्याप्त हुने भएपछि बर्षामा मात्रै घट्ट चल्ने गरेका र हिउदमा पानीको मात्रा कम हुने भएकाले घट्ट कम चल्ने गरेको घट्ट ब्यावसायीले बताएका छन । घट्टमा पिसेको अन्न बढि पोसिलो हुने गरेको बुढापाकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्