सहकारीको करोडौं रूपैयाँ अपचलन गर्ने मुख्य संचालक पोखराबाट पक्राउ



सरोज यादव, विराटनगर ।
विराटनगर ९ बाटारोडमा रहेको प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेडको करोडौं रुपैयाँ अपचलन गरि फरार भएका मुख्य सञ्चालक पक्राउ परेका छन् । बचतकर्ताले जम्मा गर्न दिएको करडौं रुपैयाँ अपचलन गर्ने मुख्य व्यवस्थापक तथा सहकारीका सचिब इश्वर श्रेष्ठलाई प्रहरीले पोखराबाट आइतबार दिउँसो पक्राउ गरेको हो । लामो समय देखी फरार रहेका श्रेष्ठलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी निशान थापाले बताए । जिल्ला प्रहरी कार्यालय मोरङकोे विशेष टोली परिचालन गरि पोखराबाट पक्राउ परेका श्रेष्ठलाई हवाइ मार्गबाट विराटनगर ल्याउने तयारी गरिएको छ । उनलाई पोखराबाट काठमाण्डौ र काठमाण्डौबाट हवाइमार्ग हुँदै विराटनगर ल्याउने तयारी गरिएको प्रहरी स्रोतको दाबी छ । सहकारीको कराडौं रुपैयाँ अपचलन गरि लामो समयदेखी फरार भएका श्रेष्ठ पोखरामा रहेको उनको एलोबेरा जुस फ्याक्ट्रीबाट पक्राउ परेको बताइएइको छ । विराटनगर – १ बुद्धचौक घरमा भएका श्रेष्ठले सहकारीको करोडौ रुपैयाँ अपचलन गरि उनले पोखरामा सञ्चालनमा ल्याएको जुस फ्याक्ट्री र विराटनगरमा रहेको थुक्पा उद्योगमा लगानी गरेको बुझिएको छ ।लामो समयदेखी विराटनगर – ९ बाटारोडमा सञ्चालनमा रहेको सहकारीको १ सय ३८ जना बचतकर्ताको जाहेरीमा २ करोड २८ लाख ३ हजार २ सय ४२ रुपैयाँ बिगो माग दाबी गर्दै आइतबारसम्म जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको डिएसपी थापाले जानकारी दिए ।
प्रहरीको अनुसार बचतकर्ताको जाहेरी पर्ने क्रमम बढदै गएको बताइएको छ । उनीहरुले सहकारीमा बचत गरेकोे पैसा अपचलन गरेको ७ जना सञ्चालक विरुद्ध मोरङ प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी मध्धे उक्त सहकारीको घोटला प्रकरणको मुख्य संचालक इश्वर पक्राउ परेका छन् भने अन्य फरार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्