प्रदेश नं १ को शिक्षा प्रविधिमैत्री हुने



सरोज यादव, विराटनगर ।
प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर लक्षित गरी प्रविधिमैत्री, बालमैत्री, दण्डहीनता र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । मन्त्रालयले बनाएको कार्ययोजनामा विद्यालय जाने उमेरका बालबालिकाको भर्ना दरलाई स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा शतप्रतिशत पु¥याउने योजना अनुसार सञ्चालन गरेको भर्ना अभियान निकै प्रभावकारी बनेको र सामुदायिक विद्यालयमा विद्यार्थी संख्यामा उल्लेखनीय वृद्धि भएको मन्त्रालयका प्रवक्ता गोपीप्रसाद घिमिरे बताए । संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आगमन वृद्धि हुन सुखद भएको मानिएको छ, भने विद्यालय छाड्ने दरलाई न्यून गर्न तथा माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क गरी गुणस्तरीय शिक्षामा जोड दिने लक्ष्यका साथ नयाँ–नयाँ विद्युतीय प्रविधि शिक्षणका लागि अभ्यास गर्न अभिप्रेरित गरिने मन्त्रालयको योजना छ ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरस्वती मावि काजुपाडा रतुवामाई नगरपालिका मोरङका कक्षा नर्सरीमा भर्ना भएका एलिशा खातुन, सुदर्शन मुर्मू र विनोद मुर्मूको अध्यायन सम्बन्धमा अभिभावकत्व ग्रहण गर्नुलाई प्रदेश सरकारको शिक्षा प्रतिको प्रतिबद्धता पूरा हुने विश्वास लिइएको छ ।
यसैगरी, सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनता मावि थलाहा कटहरीमा पाठ्यपुस्तक र विद्यालय ब्याग वितरण गर्नुका साथै सो विद्यालयमा प्रारम्भिक बालविकास शिक्षामा भर्ना भएका अनिश सरदार र सुष्माकुमारी सरदारको अभिभावकत्व जिम्मा लिने घोषणा गर्नु मन्त्रालयको महत्वपूर्ण कार्य भएको छ । संस्थागत विद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रवृति प्रदान गर्नुका साथै मन्त्रालयबाट निर्दे्शिका तयार गरी सबै स्थानीय तह प्याब्सन एन प्याब्सन र १४ वटै शिक्षा विकास तथा समन्वय इकाई पठाइ प्रत्येक संस्थागत विद्यालयले स्थानीय तहको सिफारिसमा एकजना सीमान्तकृत तथा दलित समुदायको विद्यार्थीलाई निःशुल्क अध्यापन गराउनका लागि निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्