शमसानघाटलाई डम्पिङ साईट बनाएकोमा रुष्ट



सरोज यादव, विराटनगर ।
विराटनगर–६ स्थित किरांतीहरुको शमसानघाटलाई डम्पीङ साईट बनाइएकोमा सरोकारवालाले विरोध जनाएका छन । २४ औं विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा सो शमसानघाटको सरसफाई गर्न पुगेका सरोकारवालाले चिहानहरु फोहोरको डंगुरमा पुरिएको फेला पारेपछि विरोध जनाएका हुन । किराती समुदायले २०५४ सालयता सो ठांउमा मृतकको अन्त्येष्टि गर्दै आएका छन ।
विराटनगर महानगरपालिकाले भने सोहि ठांउमा नगरक्षेत्रमा उत्पादन हुने फोहोर बिर्सजन गर्दै आएको छ । शमसानघाट जस्तो पवित्रस्थानमा फोहोर थुपारिएका कारण आफुहरुको मृत पितापुर्खाको अपमान भएको र चिहान पुरिएको किरांत राई यायोक्खाका सल्लाहकार बि.बि.थुलुङ राईले बताए। फोहोरको डंगुरमा ५ दर्जन बढी चिहान पुरिएको उनले जानकारी दिए ।

उनले फोहोरको ब्यवस्थापन अन्यत्र गर्नुपर्ने माग समेत गरेका छन । आदिवासी दिवसको पूर्व सन्ध्यामा शमसान क्षेत्रको सरसफाई गरिएको छ । दिवसको पुर्वसन्ध्यामा आयोजित साताब्यापी कार्यक्रम अन्र्तगत शमसानघाटको सरसफाई गरिएको नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद,विराटनगरका अध्यक्ष सुरेशसिंह गन्गाईले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्