सदरमुकाम मार्तडी सडक सञ्जालवाट विच्छेद



दयाराम पण्डित, बाजुरा ।

सदरमुकाम मार्तडी सडक सञ्जालवाट पूर्णरुपमा विच्छेद भएको छ । अबिरल वर्षदका कारण साउनको पहिलो सातावाट साँफे–मार्तडी सडक अन्तरगत राप्का देखि सदरमुकाम मार्तडीसम्म विभिन्न ठाउँमा पहिरो गएपछि सदरमुकामवासी सडक सञ्जालवाट बञ्चीत भएका हुन् । लामो तथा छोटो दुरीका यातायातसाधान कहिले राप्का वाट र कहिले चौराठी खेतवाट फर्किने गरेका छन् । फलफुल तरकारी लगायत दैनिक उपभोग्य सामान राप्का र चौराठी खेतवाट पिठ्युमा बोकाएर ल्याउनुपरेको तरकारी ब्यसायी विमला थापाले वताईन् । प्रतिकिलो सात पैंयामा धनगडिबाट चौराठी खेससम्म पुुग्छ तर चौराठी खेतबाट करिव चार किलोमिटर दुरीमा प्रतिकिलो चार रपैंयाका दरले बोकाउनुपर्छ ब्यापारी विमलाले भन्नुुभयो ।
सदरमुकाम मार्तडी सदरमुकाम मार्तडी सडक सञ्जालवाट विच्छेद हुंदा दैनिक उपभोग्य सामानको अभावभएको देखिएको छ । वडिमालिका नगरपालिका संग सडक मर्मत गर्ने रकम पनि नभएको र डिभिजन सडक आयोजनाले नै उक्त सडक मर्मत गर्ने भएकोले छिटो मर्मत गर्न सम्वन्धित निकायमा टेलिफोन तथा पत्रचार गरेको वढिमालिका नगरपालिका उपप्रमुख कविता विष्टले जानकारी दिनुुभयो ।

“ राप्का देखि मार्तडी सम्मको वलौटे तथा थोरै पानी परेपनि वग्ने टाईपको माटो भएकोले जियोलोजिकलरुपमा उक्त सडक राम्रो छैन । तैपनि यथासक्य छिटो पुर्नमर्मत गरी यातायात सञ्चालन गर्न तयारी छौ , तर मौसमले साथ नदिएको ” अछाम बाजुरा सवडिभिजन सडक आयोजना प्रमुख राजेन्द्र प्रसाद दाशले भन्नुभयो । चार दिन पानी रोकिएमा हामी कन्टेक्टरसंग सम्पर्क गरेर सानोगडी सञ्चालनमा ल्याउने पहल भैरहेको डिभिजन प्रमुख दाशले वताउनुुभयो । मर्मत सम्हार त गरोंला तर दीघकालिन रुपमा उक्त सडकखण्ड पहिरोकै जोखिममा छ । विकल्प सोच्नुपर्छ दासले भन्नुुभएको छ ।

२०५२ साल देखि निर्माणधिन ५७ किलो मिटर साफैमार्तडी सडक खण्ड गत अषाढमा मात्र निर्माण कार्य सम्पन्न भएको थियो । एक महिना नहुंदै सडक भत्किएएपछि यात्रुहरुहरु ले सदरमुकाम बाट पैदल हिड्नुपरेको दुःखेसो गरेकाछन् । त्यसैगरी सदरमुकाम मार्तडीवाट उत्तरपवी क्षेत्रमा पनि विगत दुुई महिना देखि बाटो अवरुद्ध हुंदा आवगमन अवरुद्ध भएको छ । मार्तडीको चारै तिर पहिरो जांदा खच्चड सहित आवागमन वन्द पनि भएका छन् । समाप्त ।

प्रतिक्रिया दिनुहोस्