बैंक कर्मचारी सहित सात जनालाई लाखाैँ धरौटी आदेश



सरोज यादव, विराटनगर ।
उच्च अदालत विराटनगरको बाणिज्य ईजलासले बैंकिङ कसुर मुद्दामा एक सरकारी कर्मचारी सहित आठ जनालाई मुद्दाको बिगो अनुसार लाखाँै रुपैया धरौटी दाखिला गर्न आदेश गरेको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार स्थित कृषी बिकास बैंक उपशाखाका कार्यालयका लेखापाल हरिशंकर न्यौपाने सहित सात जनालाई उच्च अदालत विराटनगरका न्यायधिश उमेशराज पौडेल र साधुराम सापकोटाको संयुक्त बाणिज्य इजलासले १७ साउनमा बिगो अनुसारको धरौटी दाखिला गर्न आदेश गरेको हो । उपस्थित गराइएका मध्ये बैंकका कार्यालय सहयोगी ललितकुमार राईलाई चाँही सादा तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश गरेको छ ।
लेखापाल न्यौपानेलाई ८४ लाख र पदमकुमारी लिम्बुलाई ४३ लाख धरौटी
अदालतले बिगो अनुसारको धरौटी दाखिला गर्न आदेश गरेका एक जना बैंक कर्मचारी बाहेक अन्य छ जना सबै ऋणीहरु हुन । अदालतले बैकका लेखापाल न्यौपानेलाई ८४ लाख ६२ हजार धरौटी दाखिला गर्न आदेश गरेको छ । यसैगरि ताप्लेजुङ श्रीजंङगा गाउँपालिका ३ घर भै फुङलिङ बस्दै आएकी ३४ बर्षिय पदमा दिदी भनिने पदमकुमारी नुगो (लिम्बु)लाई ४३ लाख धरौटी माग गरको छ ।

बैंकका लेखापाल न्यौपानेलाई ८४ लाख र मुख्य अभियुक्त पदमकुमारी लिम्बुलाई ४३ लाख धरौटी माग । खराव कर्जा प्रवाह गर्ने बैंकका उपशाखा प्रमुख गणेश खतिवडा र कर्मचारी भीम आर्चाय सहित १२ जना ऋणीहरु अझै फरार । पदमकुमारी कर्जा प्रबाहमा मिलेमतो गरेर हिनामिना गराउने मुख्य अभियुक्त्त नै हुन । उनले कर्मचारीको मिलेमतोमा जग्गा किनेबेच गर्ने गराउने बहानामा कागजी रुपमा जग्गा बैकमा राखेर ऋण हिनामिना गर्ने गराउने गरेकी थिइन ।

धरौटी माग गरिएका अन्य अभियुक्त्तहरुमा फुङलिङकै सरिता लिम्बुलाई ३ लाख ३६ हजार सुनिता लिम्बुलाई ४ लाख ३६ हजार अनिता जोगीलाई ३ लाख ३६ हजार शान्त काङबालाई ४ लाख ३६ हजार र ईन्दिरा खवासलाई १ लाख ३६ हजार धरौटी दाखिला गर्न आदेश गरेको छ ।
दुई जनालाई जग्गा किर्ते मुद्दा पनि
उच्च अदालतको आदेश अनुसार धरौटी दाखिला गरेपनि बैङ्किङ कसुर आरोपका अभियुक्त्तहरु शान्ता काङबा र ईन्दिरा खवास प्रहरी हिरासतबाट छाडिएनन । ताप्लेजुङ जिल्ला अदालतमा उनिहरु उपर किर्ते जग्गाको मुद्दा बिचारधिन भएकोले उनिहरु प्रहरी नियन्त्रणमै रहेका हुन । प्रहरीले उनिहरुलाई बिराटनगरबाट ताप्लेजुंगनै फर्काएको छ ।

बैकका उपशाखा प्रमुख सहित दुई कर्मचारी अझै फरार
ताप्लेजुंङको फुङलिङ बजारमा रहेको कृषी बिकास बैंकको कर्जा प्रवाहमा भएको अनियतिता आरोपमा कृषी बिकास बैकले चार जना बैंक कर्मचारी सहित २२ जना बिरुद्ध उच्च अदालत बिराटनगरमा अभियोग दर्ता गराएको थियो । बैंकका तात्कालिन उपशाखा प्रबन्धक विराटनगर महानगर १२ बस्ने गणेश खतिवडा र कर्मचारी झापा दमकका भीम आर्चाय सहित अन्य अझै फरार छन । अभियोग पत्रमा उल्लेख भए अनुसार कागजी रुपमा जग्गा राखेर कर्मचारीको मिलेमतोमा कर्जा प्रवाहमा अनियमितता भएको थियो । कर्जा प्रवाहमा अनियतिता भएको अनुगमनका क्रममा खुलेपछि बैकले पटक पटक कर्जा दाखिला गर्न आग्रह गरेको थियो । तर पटक पटक ताकेता गर्दा पनि राजनैतिक संरक्षणको आडमा अटेर गरेपछि बैकले अनुसन्धान गरेर चार कर्मचारी र १९ जना ऋणी बिरुद्ध बंैकिङ कसुरमा बिभिन्न १८ वटा अलग अलग मुद्दा तैयार गरि २३ जना बिरुद्ध १ करोड ७८ लाख बिगो कायम गरि अभियोग दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्