समलिंगी जोडीलाई निकाल्ने एयरलाइन्सले माफी मागे


अलास्का (एजेन्सी)
अमेरिकाको अलास्का एयरलाइन्सले एक समलिंगी जोडीसँग माफी मागेको छ । ती समलिंगी जोडी अलास्का एयरलाइन्सको विमानमा यात्रा गरिरहेका थिए । विमानका कर्मचारीले एक सामान्य जोडीलाई सँगै राख्न उनीहरुमध्य एकलाई आफनो सिट छोड्न भने ।

लसएन्जलसमा एक रेस्टुराँका मालिक डेविड कुलीले विमानमा आफ्नो साथीसँग बसिरहेको, त्यहीबेला प्रिमियर सीटबाट उठेर इकोनमी सेक्सनमा जानका लागि आफुलाई भनेको बताए ।
कुलीले उनलाई आफुहरु जोडी भएको सम्झाउन धेरै प्रयत्न गरे तर त्यसको बावजुल उनलाई सीट छोड्न दबाव दिइरहे । अन्त्यमा उनलाई यदि सीट परिवर्तन नगर्ने हो भने उनलाई विमानबाट ओरालिने चेतावनी दिइयो । ती समलिंगी जोडाले उनीहरुको कुरा नमानेपछि साँच्ची नै उनीहरुलाई विमानबाट उत्रन लगाइयो ।

उक्त घटनालाई लिएर एयरलाइन्सले भने– भेदभाव प्रति उनको निति जिरो टोलोरेन्सको हो ।
एक फेसबुक पोस्टमा कुलीले लेखे– यात्राका क्रममा पहिला कहिल्यै पनि हामीसँग यस प्रकारको भेदभाव भएको थिएन ।

न्युयोर्कबाट लस एन्जलसको उडानमा उक्त अनुभवपछि कुलीले अब आफुले कहिल्यै पनि अलास्का एयरलाइन्समा यात्रा नगर्ने बताएका छन् ।

अकास्का एयरलाइन्सले एक विज्ञप्ती जारी गरी सिट संख्यालाई लिएर गल्ती भएको र त्यसकै कारण उक्त दुर्भाग्य पुर्ण घटना भएको उल्लेख गरेको छ । यात्रुलाई सही स्थानमा बसाएर समयमा उडान भर्न चाहेको जनाएको छ । यस घटनालाई लिएर संस्थाले कुलीसँग पनि माफी मागेको र भविष्यमा त्यसतो नदोहोरिने उल्लेख गरेको छ ।