आमाको हातैबाट चितुवाले बच्ची झम्ट्यो


नयाँदिल्ली,(एजेनसी)
पश्चिमी भारतिय राज्य गुजरातमा चितुवाको आक्रमणमा घाइते भएकी एक चारमहिने बच्चीको अस्पतालमा उपचार भइरहेको प्रहरीले सोमवार जनाएके छ । ति बच्चीलाई उनकी आमाको हातबाट चितुवाले छिनेको थियो ।

बच्ची बोकेर ति महिला आफ्नो पतिको मोटरसाइकलबाट जाँदै गरेकोबेला अचानक चितुवाले आक्रमण गरेको थियो । पिताले मद्धतका लागि रोइकराइ गरेपछि दौडेर आएका नजिकका गाउँलेहरुले चितुवालाई घेरेका थिए ।

एकजना बन अधिकारीले गाउँलेहरुले चिच्याउँदै घेर्न थालेपछि डराएका चितुवा बच्ची छोडेर भागेको र घटनाका ेखवर प्राप्त हुनासाथ घटनास्थलमा एम्वुलेन्स पठाइएको वीवीसी गुजरातीलाई बताएका छन् । बन रक्षकहरुबट गश्ती हुनेगरेको जंगली क्षेत्रमा यो आक्रमण भएको हो ।

बच्ची सहित घाइते भएकी आमाको पनि अस्पतालमा उपचार भइरहेको र तिनीहरुको स्वास्थ स्थिती खतरामुक्त रहेको बताइएको छ । भरातमा यसरी मानिस माथि बन्य जन्तुको आक्रमणको घटना दोहरिरहेको छ ।

जंगल फाडानीको कारण बन्जन्तुहरु पनि धमाधम लोप हुने खतरामा परेका छन् । भारतमा करिव १२ देखि १४ हजार चितुवा रहेको र औसतमा प्रत्येक दिन एउटा चितुवा मारिने गरेको बताइएको छ ।