अमेरिका र तालिवानबिच दोहामा गोप्यवार्ता


दोहा,(एजेन्सी)
तालिवान अधिकारीहरुले गतसाता कतारमा एकजना वरिष्ठ अमेरिकी कुटनीतिज्ञसंग गोप्य भेटवार्ता गरेको सो समुहमा संलग्न सुत्रले वीवीसीलाई जानकारी दिएको छ ।

अमेरिकी विदेश विभागका उप सहायक मन्त्री एलिस वेल्ससंग तिनीहरुको आमने सामने भएको वार्ता निकै महत्वपुर्ण रहेको एकजना तालिवान अधिकारीले बताएक छन् । अमेरिकाको ट्रम्प सरकारले आफ्ना कुटनीतिज्ञहरुलाई अफगान लडाकु समुह तालिवानसंग प्रत्यक्ष वार्ता गर्न निर्देशन दिएपछि यो पहल भएके बताइएको छ ।

तालिवानले लामो समय देखि आफुहरुले अमेरिकीहरुसंग मात्र शान्तिवार्ता गर्ने अडान दोह¥याउँदै आएको थियो । अमेरिकाले आफ्नो सबैभन्दा लामो युद्ध समाप्त गर्न चाहिरहेकोबेला यसरी अफगान अधिकारीहरुको उपस्थिती बिना लडाकुहरुसंग गरेको प्रत्यक्ष वार्ताले वासिंगटनको नीतिमा ठूलै परिवर्तन् आएको संकेत मिलेको छ ।

गत जुनमा मुशिलमहरुको महान चाड इदको अवसरमा अफगान फौज र तालिवान दुवैले अप्रत्यासित रुपमा तीन दिने युद्ध विराम गरेका थिए । त्यसपछि बादघिस प्रान्तको एउटा सैनिक जाँच चौकी लगायत थुप्रै स्थानमा तालिवानले आक्रमण गरिसकेका छन् ।

यस महत्वुपुर्ण भेटवार्ताबारे सबैभन्दा पहिले वाल स्ट्रिट जर्नलले खवर सार्वजनिक गरेको दूइजना वरिष्ठ तालिवान नेताले कावुल स्थित वीवीसीका पत्रकार महफज जुवाइदेलाई बताएका छन् ।

तिनीहरुले छ सदस्यिय प्रतिनिधि मन्डलको नेतृतव दोहा स्थित तालिा्वानको राजनीतिक कार्यालयका अध्यक्ष अब्बास स्तानिक्जाइले गरेको बताएक छन् । सन् २००१ को ११ सेप्टेम्वरमा विन लादेनको नेतृतवमा रहेको अन्तर्राष्ट्रि लडाकु समुह अल कायदाका लडाकुहरुले अमेरिकाका विभिन्न स्थानमा आत्मघाती तथा आतंककारी आक्रमण गरेपछि तत्कालिन अमेरिकी जर्ज डब्ल्यु बुशको सरकारले अफगानिस्तानमा आक्रमण गरी त्यहाँको तालिवान सकारलाई अपदस्थ गरेको थियो । यो युद्धले अहिले सत्र वर्ष पार गरिसकेको छ ।