‘उत्तर कोरिया अझै क्षेप्यास्त्र निर्माणमा संलग्न’


वासिंगटन,(एजेन्सी)
अमेरिकाको ट्रम्प सरकारसंग बढ्दो न्यानो सम्बन्ध र आणविक निशस्त्रीकरणतर्फ अघि बढ्ने प्रतिवद्धताका ेवावजुद पनि उत्तर कोरियाले नयाँ व्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरिरहेको देखिएको नाम नखुलाइएको अमेरिकी अधिकारीहरुले दि वासिंगटन पोस्टलाई जानकारी दिएका छन् ।

अमेरिकी गुप्तचर भूउपग्रहहरुले उत्तर कोरियाको वयलेस्टिक क्षेप्यास्त्रहरु निर्माण हुने स्थानमा गतिविधिहरु जारी रहेको देखिएको रपिोर्ट गरेको छ । एकजना अमेरिकी अधिकारीलाई उदरित गर्दै अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले उक्त क्षेप्यास्त्र निमार्ण कार्य कति पुरा भयो भन्ने स्पष्ट हुन नसकेको जनाएको छ ।

गत १२ जुनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनलाई सिंगापुरमा भेटेका थिए । ति दुई नेताबिच सो ऐतिहासिक भेटवार्तामा निशस्त्रस्करण तर्फ अघि बढ्ने सहमति भएके थियो ।

ट्रम्पले पछि उत्तर कोरिबाट अब कुनै खतरा नरहेको प्रतिक्रिया दिएका थिए । सोहि वार्ता भइरहेकोेबेला उत्तर कोरियाले आफ्नो आणविक परिक्षण स्थल नष्ट पारेको दावी गरेको थियो ।

ट्रम्पसंग भेट्नु अघि किमले दक्षिण कोरिमा त्यहाँका राष्ट्रपति मुन जाय इनसंग शिखर वार्ता गरेका थिए । पटक पटक आणविक र क्षेप्यास्त्र प्रक्षेपण गरेको कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्र संघले नाकावन्दि लगाएको थियो ।

यसै वर्ष किम जोंग उनले पटक पटक चीनको भ्मण गरी त्यहाँका राष्ट्रपति सि जिन्पिंगसंग पनि भेटवार्ता गरेका थिए ।