कांग्रेस खोटाङको बिरोध र्यालीमा तीन कोणसभा



रामधन राई, खोटाङ ।
ओली सरकारको विरोध गर्दै दिक्तेलबजारमा ¥याली निकालेको खोटाङ कांग्रेसले तीन स्थानमा कोणसभा गरेको छ । सरकारले अधिनायकबाद लागू गरेको, अधिकार केन्द्रीकरण गरेको, स्वतन्त्र न्यायालयमाथि आक्रमण, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लगायतको विरोध गरेको कांग्रेसले एउटै ¥यालीको क्रममा तीन स्थानमा कोणसभा गरेको हो ।

दिक्तेलबजारस्थित नवनिर्मित पार्टी कार्यालयबाट सुरु गरेको बिरोध ¥याली हेलिप्याड हुँदै हाटडाँडा, त्रिबेणीचोक तथा रत्नपार्क जानेक्रममा कांग्रेसले हाटडाँडा, त्रिबेणीचोक र रत्नपार्कमा कोणसभा गरेको छ । हाटडाँडाको कोणसभामा जिल्ला उपसभापति नवराज केसी, त्रिबेणीचोकमा महासमिति सदस्य सुवासकुमार पोखरेल, महासमिति सदस्य रबिप्रकाश राई, महाधिबेसन प्रतिनिधि जितेन्द्र ठकुरी तथा रत्नपार्कको कोणसभामा महासमिति सदस्य बिष्णुकुमार राई, महासमिति सदस्य दिनेश राई र जिल्लासभापति नरेशकुमार श्रेष्ठले सम्बोधन गरेका थिए । तीन वटै कोणसभाका बक्ताहरुले सरकारको शैलीको कडा शब्दमा बिरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्