न्यूनतम वेतन प्रदान गर्न आलटाल गरे कारवाहीः मन्त्री विष्ट



सरोज यादव, विराटनगर ।
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले न्यूनतम वेतन प्रदान गर्न विगतमा जस्तो कसैले आलटाल गर्न नपाउने बताएक छन । विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विगतमा सरकारले तोकेको न्य्ुनतम बेतन नपाएको धेरै गुनासाहरु आए तर अब त्यस्तो नहुने उनले प्रतिबद्धता व्यक्त गरे । औद्योगिक प्रतिष्ठानको वर्गिकरण गरी बैंक खाता खोल्ने समय सिमा तोकिएको बताउँदै उनले अब पनि न्यूनतम बेतन नदिएको गुनासा आए कारवाहि गरिने बताए ।

सरकारको निर्णयलाई कसैलेपनि कुनैपनि बाहानामा पालना नगर्ने छुट नपाउने बताउँदै उनले तोकिएको समयसीमा भित्र बैङ्किङ प्रणालि माफर्त श्रमिकहरुलाई न्युनतम बेतन उपलब्ध गराउनुुपर्ने उल्लेख गरे । सरकारले अबको केहि महिना भित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । सरकारले तत्कालै मातृ स्वास्थ्य, रोजगार सुरक्षा, दुर्घटना सुरक्षा र बृद्ध अवस्था योजना लगायतका चार वटा योजनाहरु लागु गर्ने गृहकार्य गरिरहेको उनले बताए । नेपालको श्रमजिक जगतमा सामाजिक सुरक्षा कार्यक्रमले नयाँ प्रकारको सुरक्षाको प्रत्याभुति हुने उनले बताउनुभयो ।

कार्यक्रममा बोल्दै एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले श्रमिकहरुले आफ्नो अधिकार संगसंगै आफु काम गर्ने औद्योगिक प्रतिष्ठानको उत्पादन क्षमतामा बृद्धि गर्ने तर्फपनि ध्यान दिए । राजनितिक आन्दोलन र परिवर्तनमा मजदुरहरुको ठूलो योगदान रहेको बताउँदै उनले अब देशको आर्थिक श्रमृद्धिमा पनि मजदुरहरुको महत्वपुर्ण भुमिका रहेको उल्लेख गरे । कार्यक्रममा बोल्दै मजदुर नेताहरुले विगत वर्षमा जस्तै यस पटक पनि न्युनतम पारिश्रमिक कागजमा मात्रै सिमित हुने हो कि भन्दै आशंक व्यक्त गरे । यसअघिपनि औद्योगिक प्रतिष्ठानले विभिन्न बाहानामा सरकारले लागु गरेको न्युनतम पारीश्रमिक मजदुरहरुलाइ नदिएको उनीहरुले गुनासो गरे । पूर्वका उद्योगी व्यवसायीहरुले सरकारले तोकेको न्युनतम बेतन लागु गर्न नसक्ने अभिव्यक्ति दिइरहेको बताउँदै उनीहरुले यदि यस पटक पनि लागू नभए आफुहरु आन्दोलनमा उत्रने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्