‘ओलीको बोली र गोली मात्र सस्तो’



यमलाल भुसाल, बुटवल ।
नेपाली काँग्रेस संसदिय दलका प्रमुख सेचतक बालकृष्ण खाँणले अहिले मुलुकमा प्रधानमन्त्री केपी ओलीको बोली र गोली मात्र सस्तो रहेको बताउनु भएको छ । वर्तमाण सरकार र प्रधानमन्त्री केपी शर्मा ओली प्रति निकै आक्रामक रुपमा प्रस्तु हुनुभएका संसदीय दलका प्रमुख सचेतक खाँणले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न , जथाभाबि निणर्य नगर्न र जुनसुकै घटनामा पनि गोली नचलाउन चेतावनी दिनुभयो ।
ओली सरकारले मुलुकमा बढेको महंगीले जनतालाई जीवीकोपार्जन गर्न समस्या परेको उल्लख गर्दै उहाँले भन्नु भयो पेट्रोलियम पदार्थको मूल्य ५ पटक बढ्यो, खेती किसानीको बेला मलको मूल्य बढ्यो, खाद्यान्न त्यस्तै बढेको छ । अहिले सस्तो भनेको ओलीको बोली र गोली मात्रै हो उहाँको कथन थियो ।
प्रधानमन्त्री ओलीलाई इंगित गर्दै उहाँले भन्नु भयो अधिकार माग्ने जनतालाई गोली चलाउन छोड्नुुस, तपाइले चलाएको गोली र बोली जनतालाई राहात दिनै सक्दैन, सच्चिन आग्रह गर्नु भयो ।
रुपन्देही काँग्रेसले मंगलवार भैरहवामा अयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै संसदिय दलका प्रमुख सेचतक खाँणले उत्तरको प्रधानमन्त्री आए उत्तरको साथमा रहेको भन्ने र दक्षिणको प्रधानमन्त्री आए दक्षिणको साथमा रहेको भन्ने लम्पसारवाद नीति लिएको आरोप लगाउँदै लम्पसारवाद नीतिले मुलुक समृद्ध तर्फ अघि बढ्न नसक्ने ठोकुवा गर्नु भयो ।
मधेसको सिमानाको रक्षा केपी ओली नभई मधेसी जनताले गर्दै आएको बताउँदै नेता खाँणले ओलीलाई संविधानको धारालाई पालना गर्न आग्रह गर्नु भयो ।
उहाले डा. गोबिन्द केसी अनसनमा बस्दा जुम्लामा अस्पतालमा गोली चलेको, चितवनमा ईरिक्सा चालक मजदुर माथी गोली चलेका भन्दै त्यस्ता कार्य जनताले रुचाउदैनन बन्द गर्नुस भन्नुभयो ।उहाले प्रधानमन्त्री ओली नेपालका मालिक बन्न खोज्नु कम्युनिस्ट सर्वसत्तावाद भएको आरोप समेत लगाउनुभयो ।
सरकारलाई सन्देश दिन देशैभर पार्टीले सभा आयोजना गरेको बताउदै नेता खाँणले भन्नुभयो ‘सरकार वा कुनैपनि पार्टीका नेता मालिक हुदैंनन आम नेपाली जनता नै नेपालका मालिक हुन् प्रधानमन्त्री जनताका सेवक हुन ्।’
प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै नेता खाणले भन्नुभयो, ‘हिजो राजतन्त्रको विरुद्धमा नेपाली जनताले आन्दोलन गर्दा बालकोटमा बसेर बयल गाढामा चढेर अमेरिका पुग्नु र नेपालबाट राजतन्त्र हटाउनु उस्तै हो भन्नुहुन्थ्यो, आज त्यहि आन्दोलनको जगमा परिवर्तन भएपश्चात बनेको सरकारको प्रधानमन्त्री बन्नुभएको छ ।
उहाले प्रधानमन्त्री ओली नेपालका मालिक बन्न खोज्नु कम्युनिस्ट सर्वसत्तावाद भएको आरोप समेत लगाउनुभयो ।
सभालाई सम्बोधन गर्दै कांग्रेस नेता तथा प्रतिनिधि सभाका सदस्य भरत कुमार शाहले नेकपाको सरकारले देशमा महंगी मात्रै बढाएको बताउनु भयो । उहाले भन्नुभयो‘ओली सरकारले २७ पटक महंगी बढाईसक्यो। जनतालाई आकुल व्याकुल पारेको छ। ’
महिला नेतृ तथा प्रदेश सभा सदस्य रमा अर्यालले ओली सरकारका जिम्मेवार नेताहरुले देशैभरीका महिलाहरुको अस्मितामाथी हमला गरेको आरोप लगाउदैं समयक्रममा नेपाली महिलाले त्यसको जवाफ दिने बताउनुभयो ।
नेता देवी प्रसाद चौधरीले नेकपाको सरकार कम्युनिस्ट सर्वसत्तावाद तर्फ अगाडी बढेको जनाउदैं त्यसलाई नियन्त्रण गर्न कांग्रेस अगाडी बढेको बताउनु भयो ।
सभा पार्टी जिल्ला सभापति अब्दुल रज्जाकको सभापतित्व ,उपसभापति फणेन्द्र शर्माको स्वागत र सचिव रामकृष्ण खाँणको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्