पाल्पामा सरकार विरुद्ध काग्रेसको प्रदर्शन



नेपाल समाचारपत्र, पाल्पा ।
वर्तमान सरकारले कर वढाएको महंगी तथा भष्टाचार नियन्त्रण गर्न नसकेको राज्य आतंक सिर्जना गरेको लगायतका आरोप लगाइ यि कुराको अन्त्यको माग गर्दै नेपाली काग्रेसले गरेको देशव्यापी विरोध कार्यक्रम पाल्पामा पनि भएको छ ।

जिल्ला सदरमुकाम स्थित पार्टीको जिल्ला कार्यालय शिल्खानबाट पार्टीका नेता कार्यकर्ता, भातृसंगठन,सुभेच्छुक सम्मिलित ¥याली नगर परिक्रमा गरी आन्दोलनचोकमा पुगी सभामा परिणत भएको थियो । सभामा पार्टीका जिल्ला सभापति एवम प्रदेशसभा सांसद वीरवहादुर राना, सचिवद्धय अजयमान कर्माचार्य, झपेन्द्र गैरे, क्षेत्रीय सभापतिहरु सन्तोष थापा, कृष्ण वस्याल, रामवहादुर कार्की लयातले वोल्दै वर्तमान सरकार अधिनायकवादी वन्दै गएको जन अपेक्षा विपरितका गतिविधी गरेको भ्रष्टाचारलाई वढावा दिएको आरोप लगाए ।

उनीहरुले स्वतन्त्र न्यायलयमाथि पनि हस्तक्षेप गरी आफ्नो चरित्र देखाएको आरोप लगाउदै दुइ तिहाइको दम्भका कारण सरकारले एकपछि अर्काे अलोकप्रिय क्रियाकलाप गरेकाले जनताहरु अव चुप लागेर वस्न नहुने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्