कार आक्रमणमा चार साइकल चालक मारिए


डुसान्बे,(एजेन्सी)
ताजकिस्तानमा आइतबार एउटा कारले हिर्काउँदा चारजना विदेशी साइकल चालकको मृत्यु भएको स्थानिय अधिकारीहरुले बताएका छन् । तिनीहरु माथि नियतवश आक्रमण गरिएको हुनुपर्ने प्रहरीले जनाएको छ ।

राजधानी डुसान्बे देखि करिव ७० किमि दक्षिण पुर्वमा पर्ने दान्गहारा जिल्लामा भएको यस घटनामा दुईजना अमेरिकी , एकजना स्विस र एकजना डच नागरिक परेका छन् । अन्य तीनजना पर्यटक पनि यस घटनामा घाइते भएकाछन् । ताजिक अधिकारीहरुले यस घटनामा संलग्न रहेको आँशंका गरिएका दुई जना मानिस पछि मारिएको बताएक छन् ।

गृह मन्त्रालयले उक्त घटनापछि थालिएको विशेष सुरक्षा कारवाहीको दौरान ति आशंकितहरुले प्रतिवाद गर्न खोजेपछि तिनीहरुलाई मारिएको जनाएको छ । अर्को एक वइक्तिलाई गिरफतार गरिएको र घटनामा संलग्न देखिएको क्षतिग्रस्त कार पनि फेला पारिएको बताइएको छ ।

स्थानिय संचार माध्यमले साइकलिंग समुहलाई कारले किचिसकेपछि तिनीहरुले पर्यटकहरुलाई छुरा प्रहार गरेको जनाएको छ । सोमवार ताजिकिस्तानका राष्ट्रपति इमोमाली राख्मोनले अमेरिका , नेदरल्यान्डस र स्विजरल्यान्डलाई समवेदना पठाएका छन् ।
फ्रान्स , नेडरल्यान्डस र स्विजरल्यान्डका अन्य तिनजना पर्यटक सहित को सो टोलि मध्य एसियाली राष्ट्रको भ्रमणमा निस्केको थियो ।

डुन्साबे स्थित अमेरिकी दुतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘ २९ जुलाईमा दान्गाहारा जिल्लामा दुईजना अमेरिकी साइकल चालक मारिएको हामी पुष्टि गर्न सक्छौं । निजी गोपनियताको कारण हामी थप विवरण खुलाउन असमर्थ छौं । ’

स्विस, डच र फ्रेन्च अधिकारीहरुले यसबारे अहिले सम्म कुनै पनि सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । सन् १९९१ मा पुर्व सोभियत गणतनत्रबाट स्वाधिनता हासिल गरेको ताजिकिस्तानमा गरिबी र अस्थिरता व्याप्त छ ।