तमिलनाडुका पुर्व मुख्यमन्त्री करुणानिधि अस्वस्थ


नयाँदिल्ली,(एजेन्सी)
दक्षिणी भारतिय राज्य तमिलनाडुको एउटा अस्पताल सामु विशाल भिड जम्मा भएके छ । शनिवार सो अस्पतालमा उक्त राज्यमा पाँच पटक मुख्यमन्त्री भइसकेका ९४ वर्षिय मुथुभेल करुणानिधिलाई उपचारका लागि भर्ना गरिएको थियो ।

पिसावनलीमा संक्रमण भएका उनको त्यहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । डाक्टरहरुले उनको स्वास्थमा आशिक सुधार आएको बताएक छन् । तर उनको स्वास्थको खवर सुन्न उत्सुक भावुक भिडलाई सम्हाल्न निकै कढिन भइरहेको स्थानिय संचार माध्यमले जनाएके छ ।

भारतको डिएमके पार्टीको ५० वर्ष लामो समय सम्म नेता रहेका उनलाई आफ्ना राजनीतिक समर्थक्हरुले भगवान जस्त्ै मान्ने गरेका छन् । अचानक रक्तचाप घटेपछि उनलाई चेन्नाइ शहरको अस्पतालमा शनिवार राति भर्ना गरिएको थियो ।

केहि दिन अघि मात्र उनलाई श्वास फेर्न सजिलो बनाउन दिन उनको ट्राचिओस्टोमी नली परिवर्तन गरिएको थियो । उनलाई संधै उनका पुर्व प्रतिद्वन्द्वी तथा तमिलनाडुका पुर्व मुख्यमन्त्री जयराम जयललिथासंग तुलना गरिने गरिएको छ । जयललिथाको सन् २०१६ मा ह«दयाघातको कारण निधन भएके थिया े ।