चिनिया इन्टरनेट जारलाई घुस लिएको अभियोग


बेइजिंग,(एजेन्सी)
चीनको इन्टरनेट सेवा प्रदायक प्रमुख लु वेइलाई सोमवार घुस लिएको आरोप लगाइएको छ । आधिकारिक सरकारी समाचार निकाय सिन्ह्वाले उनी माथि आफ्नो पद दुरुपयोग गरी धन सम्पत्ति आर्जन गरेको अभियोग लगाइएकाे जनाएके छ ।

अनलाइन संचार संचालनको विभाग सम्हाल्ने लु चीनको सबैभन्दा वरिष्ठ चिनिया अधिकारीहरु मधये एक हुन् । उनको चीनको ‘ इन्टरनेट जार ’ को भुमिकाको कारण लु एकपटक टाइम म्यागजिनको विश्वका एक सय सबैभन्दा प्रभबशाल ीव्यक्तित्वको सुचिमा परेका थिए ।

उनले घोटाला गर्ने काममा अन्य अधिकारीहरुलाई समेत फाइदा हुने गरी प्रयोग गरेको पनि बताइएको छ । कुन ैसमय लु चिनिया राष्ट्रपति सि जिन्पिंगको प्रमुख सहयोगी मानिन्थे ।
सन् २०१२ मा सिको कार्यकालको शुरुमा उनी छिटोछिटो पदोन्नोतीमा परेका थिए । सिन्ह्वा समारचार निकायका पुर्व उपाध्याक्ष उनी एक पटक चीनको प्रचार प्रसार विभागका निर्देशक पनि रहेका थिए ।

राजधानी बेइजिंग महानगर पालिकाका उप मेयर समेत रहेका लुले सरकारी प्रोपोगान्डा निकायका पनि प्रमुख रहेका थिए । उन ीसन् २०१३ को अगष्टमा चीनको साइवरस्पेस प्रशासनका प्रमुख बनाइएका थिए । तर अचानक सन् २०१५ को जुलाइमा अनलाई संचार प्रमुखमा उनलाई हटाएर सु लिनलाई ल्याइएका ेथिया े ।