देशका पत्रकार देशद्रोही हुन्– ट्रम्प


वासिङटन (एजेन्सी)
अमेरिकाका राष्टपति डोनाल्ड ट्रम्पले देशका पत्रकारलाई ‘देशद्रोही‘ बताए । उनीहरुले समाचारबाट नागरिकको ज्यान खतरामा पारेको उनले आरोप लगाए ।

ट्रम्पले ट्विटमा भने– जब ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोमबाट उन्माद चढेका सन्चार माध्यम हाम्रो सरकारको आन्तरित वार्तालाई बाहिर ल्याउँछ, त्यसले वास्तवमा पत्रकारको मात्र होइन, कयौं नागरिकको ज्यान खतरामा पुर्याउँछ । मुलधारका सँन्चार माध्यममाथि गलत खबर छापेको ारोप लगाउँदै उनले भने– प्रेस स्वतन्त्रता सटिक ढंगले समाचार सम्प्रेषणसँगै जिम्मेवारी पुर्वक आउँछ ।

ट्रम्पले भने– मेरो प्रशासनको ९० प्रतिशत कभरेज नकारात्म छन् , जबकी हामीले बेजोडले सकारात्मक नतिजा हासिल गरिरहेका छौं । यस कुनै आसंका नै छैन , सन्चार माध्यम प्रतिको विश्वास अहिलेसम्मकै सबैभन्दा तल्लो स्तरमा छ ।

अमेरिकी राष्टपतिले आरोप लगाउँदै विफल न्युयोर्क टाइम्स र अमेजोन वासिङटन पोस्टले अत्यन्त सकारात्मक उपलब्धिहरुमा पनि खराब समाचार लेख्ने गरेको र उनीहरु कहिल्यै नबदल्ने बताए ।

यस अघि ट्रम्पले ट्विटमा न्युयोर्क टाइम्सका प्रकाशक ए.जी सल्जबर्जरसँग ह्वाइट हाउसमा अत्यन्त राम्रो र रोचक भेटघात गरेको ट्रम्पले उल्लेख गरेको छ । तर न्युयोर्क टाइम्सका प्रकाशकले ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा ट्रम्पलाई सन्चार माध्यममाथि उनको बढ्दो हमला देशका लागि खतरनाक र हानिकारक भएको र त्यसबाट हिँसा बढ्ने आफुले सचेत गराएको बताएका छन् ।

उक्त बैठकमा टाइम्सका सम्पादकिय पृष्ठका सम्पादक जेम्स बेनेट पनि सहभागी भएको सल्जबर्जरले बताए । ह्वाइट हाउसको आग्रहमा त्यो गोप्य बैठक भएको तर ट्रम्पले त्यसलाई ट्विट गरि सार्वजनिक गरेको पनि उनले बताए ।

सल्जबर्जरले भने– भेटवार्ताका लागि तयार हुनुमा मेरो मुख्य उद्देशय राष्टपतिको प्रेस विरोधी बयानलाई लिएर चिन्ता ब्यक्त गर्नु थियो । मैले सिधै राष्ट्रपतिलाई भनेको थिएँ, उनको भाषा विभाजनकारी मात्र होइन, खतरनाक पनि हो ।