प्रदेश नं ५ः तीन विधेयक पारित



बुटवल ।
प्रदेश नं ५ मा आज बसेको प्रदेशसभाको बैठकले तीन विधेयक सर्वसम्मतिले पारित भएको छ ।

बैठकले प्रदेश नं ५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक, प्रदेश नं ५ प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक र प्रदेश नं ५ प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पारित गरेको हो ।

त्यसअघि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसीले तीनै वटा विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्