प्युठान नगरका सबै विद्यार्थी स्कुल भर्ना



नेपाल समाचारपत्र, प्यूठान ।
प्यूठान नगरपालिकालाई पूर्ण भर्ना नगर घोषणा गरिएको छ । चालू शैक्षिक सत्रमा आधारभूत तहका सबै बालबालिका विद्यालय भर्ना भएपछि एक समारोहका बिच पुर्ण भर्ना नगर घोषणा गरिएको हो । नगर क्षेत्र भित्रका बिद्यालय जाने उमेर समुहका ५ देखि १२ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालय भर्ना भईसकेको नगरपालिकाले जनाएको छ ।

आइतबार विजुवार पूण्यखोलामा आयोजित विशेष समारोहमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोषणा गरेका हुन् । मुख्यमन्त्री निर्वा्चित भएपछी पहिलोपटक प्युठान आएका पोख्रेलले घोषणा समारोहलाई सम्बोधन गर्दै मुलुकलाई समृद्ध बनाउन शैक्षिक क्षेत्रको विकास गर्नुपर्ने बताए। ’दक्ष जनशक्तिबाट नै समृद्धीको सपना पुरा हुने उल्लेख गर्दै ’सरकारले प्रदेशलाई शिक्षा क्षेत्रमा थुप्रै अधिकार प्रदान गरेको जनाए ।
प्रदेश ५ को शैक्षिक बिकासमा

उपलव्धी देखिने गरी काम गर्ने पोख्रेलको भनाई छ । यसवर्ष प्रदेश सरकारले जनताको जीवनस्तर परिबर्तन हुने गरि नीति, कार्यक्रम तथा बजेट ल्याएको समेत उनले सुनाए। जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई सम्बृद्धी संग जोड्नुपर्ने बताउदै उनले भने राजनितिको पनि उद्द्स्य समाज बदल्ने हो।

जनताको जीवन बदल्ने कुरा गरौं।पोख्रेलले भने। कृषि उत्पादनलाई ब्याबसायिकरण,बजारिकरण र धुनिकिकरण गर्दै जिल्लाको भुमीमा सुन फलाउनुपर्ने पोख्रेलको भनाई छ। उनले भने आत्मनिर्भर हुने गरि कृषीमा लाग्नुस।नगरपालिका भित्रका ५२ सामुदायिक बिध्यालय,१२ संस्थागत,६९ बालबिकासकेन्द्र,५ सामुदायिक सिकाई केन्द्र २ बैकल्पिक सिकाई केन्द्रको सेवा क्षेत्रका सत प्रतिशत बालबालिका बिद्यालयमा भर्ना भएको नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी गराए। यश शैक्षिक सत्रमा नगरपालिका भित्रका १ देखि ८ कक्षासम्म ९ हजार सात सय ११ जना बालबालिका विद्यालय भर्ना भएको मेयर कक्षपतिले बताए। भर्ना अभियानमा नगरपालिकाले सवै वडाहरुमा घरदैलो अभियान चलाएकाले सबै बिद्यार्थीलाई स्कुलमा भर्ना गराउन सकिएको नगरप्रमुखको भनाई छ। आधारभूत तहमा नगरपालिकाको औषत सिकाइ उपलब्धी ६० प्रतिशत रहेको छ।

शिक्षा विभागका उपसचिव नरहरी अर्यालले प्यूठान नगरपालिका आधारभूत तहका बालबालिका विद्यालय भर्ना घोषणा गर्नेमा मुलुककै तेस्रो स्थानीय तहअन्तर्गत परेको जानकारी दिए। उनका अनुसार यसअघि बर्दियाको बारवर्दिया नगरपालिका र सप्तरीको सुरुंगा नगरपालिका घोषणा भइसकेका छन्। कार्यक्रममा जिल्लाबासिको तर्फबाट जिसस अद्यक्ष केशव आचार्यले जिल्लाको समग्र बिकास समेटिएको १४ बुदे मागपत्र मुख्य मन्त्रीलाई हस्तान्तरण गरे। विद्यार्थीलाई भर्ना गराउने, विद्यालयमा टिकाउने, सिकाउने र बिकाउने खालको वातावरण बनाउनतर्फ जोड दिनुपर्ने सरोकारवालाले सुझाब छ। जिल्लाभर अझैपनि आठ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको सरोकारवाला निकायले जनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्