भुकम्पमा चौध जनाको मृत्यु


जाकार्ता,(एजेन्सी)
इन्डोनेसियाको एउटा लोकप्रिय पर्यटकिय स्थलमा आइतवार शक्तिशाली भुकम्प आउँदा कम्तिमा १४ जना मानिसको ज्यान गएको छ । स्थानिय समयअनुसार हिजो बिहान करिव सात बजे लोम्बोक टापुको केन्दि«य भागमा ६ दशमलव ४ रिक्टर स्केलको भुकम्प आएको थियो ।

बाली देखि करिव ४० किमि पुर्वमा रहेको यस टापुको सुन्दर समुदि« तटहरु र पदयात्रा मार्गहरु भएके कारण विश्वभरिका पर्यटकहरु यहाँ आउन ेगरेका छन् । सरकारी अधिकारीहरुले भुकम्पको कारण १ सय ६० जना भन्दा घाइते र हजारौ घर क्षतिग्रस्त भएको बताएका छन् ।

मारिने मध्ये माउन्ट रिन्जानीमा पर्वतारोहण गरिरहेका एकजना मलेसियाली पर्यटक पनि रहेका छन् । अमेरिकी भौगर्भिक सर्भेक्षणले भुकम्पको केन्द«विन्दु उत्तरी लोम्बोक देखि ५० किमि उत्तर पुर्वमा पर्ने माताराम रहेको बताएको छ ।

त्यसपछि ५ दशमलव ७ रिक्टर स्केलको एउटा लगायत ६० पटक भन्दा बढि अन्य ससाना भुकम्प महशुस भएको थियो । राष्टज्ञको दैवी प्रकोप निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोका अनुसार अधिकांशको कन्क्रिट भग्नावशेमा पुरिएर मृतयु भएको बताएका छन् ।