४२ हजार बर्ष जमेर रहेको जुका जीवित


मस्को (एजेन्सी)
रुसमा वैज्ञानिकहरुको एक समुहले बरफमा जमेको ३० हजार देखि ४२ हजार बर्ष पुरानो एक जोडी जुकालाई पुनजिर्वित पारेको दावी गरेका छ् ।

उक्त जीवमध्यको एक सतहबाट करिब १ सय फिट मुनिबाट संकलन गरिएको माटोको नमुनामा फेला परेको हो भने त्यहाँको अन्य पदार्थ रेडियोकार्बन अनुसार करिब ३२ हजार बर्ष पुरानो भएको बताइएको छ । अर्को जुका सतहको करिब ११ फिट मुनीबाट संकलित ४१ हजार ७ सय बर्ष पुराना माटोको नमुनासँगै फेला परेको हो ।

ती नमुनालाई प्रयोगशालामा माइनस ४ डिग्रि फरेन्हाइटमा सुरक्षित राखिएको थियो । अलग राखिएका ती जुकाहरुलाई पछि ६८ डिग्रीमा खानसँगै राखिएको थियो । कयौं हप्तापछि ती जुकाहरुले जीवित रहेको संकेत देखाए र हलचल गर्दै त्यहाँ राखेको खाना खान थाले ।
‘हाम्रो आंकडाले बहुकोषिय जीवहरु प्रतिकुल मौसममा १० औं हजारबर्ष सम्म जीवित रहन सक्ने देखाएको छ ‘ डोक्लेडी बाइलोजिकल साइन्समा प्रकासित एक सोधमा अनुसन्धानकर्ताहरुले बताए ।

अन्य सोधले जुकाका केही प्रजाती अत्यन्त प्रतिकुल वातावरण सुन्य भन्दा तलको तापक्रममा साढे २५ बर्ष सम्म जीवित रहन सक्ने र सुख्खा वातावरणमा ३९ बर्ष जीवित राख्न सकिने देखाएको थियो ।