इमरान खानले अगस्ट १४ अगाडी पाकिस्तानको प्रधानमन्त्री पदको सपथ लिने


इस्लामाबाद (एजेन्सी)
जुलाइ २५ मा सम्पन्न आम चुनावको मतगणना पुरा भइसकेको छ । यस पटकको चुनवको नतिजामा आधिकारीक रुपले पाकिस्तान तहरिक ए इन्साफ सबैभन्दा ठुलो पार्टीका रुपमा उदय भएको छ ।

चुनावी नतिजासँगै पाकिस्तानको भावी प्रधानमन्त्री पुर्व क्रिकेटरबाट राजनेता बनेका इमरान खान हुने पक्का भइसकेकोे छ । यद्यपी सरकार गठनका लागि उक्त पार्टीले आवश्यक बहुमत हासिल गर्न भने चुकेकोले इमरानका खानका लागि यो अवसर चुनौतिपुर्ण हुन सक्ने अनुमान गरिएको छ ।

इमरान खानले देशको स्वतन्त्रता दिवस अगस्ट १४ अगाडी पाकिस्तानका प्रधानमन्त्री पदको सपथ लिने बताइएको छ । इमरानको पार्टी पाकिस्तान तहरिक ए इन्साफले उक्त जानकारी दिँदै उसले ससाना पार्टीसँग गठबन्धनका लागि लगातार सम्पर्क गरिरहेको जानकारी दिएको छ ।

चुनाव आयोगका अनुसार पीटीआईले हासिल गरेको संसदको १ सय १५ सिट घटेर १ सय ९ सिटमा सिमित हुने जनाएको छ । शनिबार पाकिस्तान चुनाव आयोगले औपचारिक घोषणा गर्दै पीटीआइले १ सय १५ सिटमा जित हासिल गरेको र उसलाई सरकार गठन गर्न आवश्यक बहुमत जुटाउन २२ थप सांसदको समर्थन आवश्यक रहेको जनाएको थियो ।

त्यसैगरी पुर्व प्रधानमन्त्री नवाज सरिफको पीएमएल एनले ६४ र पीपीपीले ४३ सिट हालसल गरेका छन् ।

एक भन्दा धेरै सिटमा चुनाव लडेर जित हासिल गरेका पीटीआई नेताले एउटै सिटको मात्र प्रतिनिधित्व गर्न पाउनेछ । पीटीआइ चेयरम्यान इमरान खान आफै ५ वटा सिटमा चुनाव लडेर सबै सिटमा जितेका छन् । उनले अब ४ वटा सिट छोड्नु पर्ने हुन्छ ।

त्यसैगरि पीटीआई नेता गुलाम सरवर खानले पनि पुर्व गृहमन्त्री चौधरी निसार अली खानलाई हराउँदै राष्ट्रिय सभा अर्थात संसदको दुई सिटमा जित हासिल गरेका छन् । उनल पनि एक सिट छोड्नु पर्ने भएको छ । त्यसैगरि खैबर पख्तुनख्वाहका पुर्व मुख्यमन्त्री परवेज खट्टकले संसद र विधानसभा दुशै सिटमा चुनाव जितेका छन् । यदि उनले पुन मुख्यमन्त्री पद नै सम्हाल्ने हो भने राष्टिय सभाको सिट छोडनु पर्ने छ । यसको अर्थ पीटीआईले हासिल गरेको सिट घटेर १ सय ९ मा सिमित हुने छ ।

यसबीच पीटीआई नेतृत्वले अब साना पार्टी र स्वतन्त्र सांसदहरुसँग सम्पर्क गर्ने निर्णय गरेको छ । पीटीआइले पहिले नै सरकार गठनका लागि पीपीपी र पीएमएल–एनसँग हात नमिलाउने घोषण गरेको थियो ।

पीटीआईका पुर्व सचिव जनरल जहाँगिर तारिनले स्वतन्त्र तथा मुत्ताहिदा कौमी मुभमेन्ट पाकिस्तान (एमक्युएम–पी)सँग सम्पर्क गर्न थालेको सुत्रले जनाएको छ । उक्त पार्टीसँग ६ वटा सिट रहेको छ । ती बाहेक १३ स्वतन्त्र उम्मेदवारले नेसनल एसेम्बलीका सिट जितेका छन् । त्यसैगरी पीएमएल कायद (पीएमएल–क्यु)ले ४ वटा सिट हासिल गरेका छन् ।

यदी पीटीआईलाई जीडीए, एमक्युएम–पी,पीएमएल–क्यु र अवामी मुस्लिम लिगको समर्थन प्राप्त भयो भने पनि १ सय २२ सिट पुग्ने छ । तर यसको बावजुद उसलाई आवश्यक बहुमत पुरा गर्न १५ सिट खोज्नु पर्ने हुन्छ । यो संख्या नेसलन एसेम्बली सिट जित्ने स्वतन्त्र उम्मेदवारको संख्या भन्दा बढी छ ।

नेसनल एसेम्बली सिट जित्ने अन्य पार्टीमा ३ सिट बलुचिस्तान नेसनल पार्टी –मेगल, (बीएनपी–पी), एक–एक सिटमा जित्ने जम्मुरी वतन पार्टी, अवामी नेशनल पार्टी र पाकिस्तान तहरिक ए इन्सानियत छन् । विद्यमान अवस्थालाई हेर्ने हो भने इमरान खानका लागि पाकिस्तानमा सरकार बनाउन अत्यन्त कठिन हुने अनुमान गरिएको छ ।