क्याम्वोडियाली चुनावमा पुन हुनसेनकै वर्चश्व रहने संकेत


नोम पेन्ह,(एजेन्सी)
क्याम्वोडियाको आम निर्वाचनकोे मतदान कार्य आइतवार सकिएको छ । मत सर्भेक्षण अनुसार सन् १९८५ देखि सत्तामा रहँदै आएक प्रधानमन्त्री हुन सेनलाई खासै कसैको गम्भीर चुनावी चुनौति नरहेको देखाएको छ ।

तर राजनीतिक विशल्ेषकहरुले गत निर्वाचनमा झिनो अन्तरले हारेको क्याम्वोडिया नेसनल रेस्क्यु पार्टीलाई विघटन गरिएकाले यस चुनाव केवल देखावटी भएके आरोप लगाएका छन् ।
संयुक्त राज्य अमेरिका र युरोपेली संघ ( इयु ) ले क्याम्वोडियाको निर्वाचनको विशवसनियताबारे प्रश्न उठाउँदै आएका छन् ।

तर सत्तारुढ क्याम्वोडियन पिपुल्स पार्टीले यस चुनावमा अन्य १९ वटा पार्टीले पनि प्रतिस्पर्धा गरिरहेको जनाएको छ । राष्ट्रिय चुनाव आयोगले ८० दशमलव ४९ प्रतिशत मत खसेको बताएको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले जनाएको छ ।

विशलेषकहरुले यति धेरै प्रतिशतमा मत खस्नुले पनि हुन सेनको वैधानिकताको महत्वुपुणर्् परिक्षण भएके प्रतिक्रिया जनाएक छन् । चुनाव प्रचार प्रसाको क्रममा चुनाव वहिष्कार गर्न आब्हान गर्दै हिंड्ने विपक्षी पार्टीका कार्यकर्ताहरुलाई चुनाव भाड्न खोजेको आरोप लगाइएको छ ।

शुक्रवार सरकारले राष्ट्रका इन्टरनेट सेवा प्रदायकहरुलाई रेडियो फ्रि एसिया , भ्वाइस अफ अमेरिका र भ्वाइस अफ डेमोक्रेसी लगायत स्वतन्त्र न्युज वेवसाइटहरु बन्द गर्न आदेश दिएको थियो ।

अन्य अ्रग्रेजी भाषामा निस्कने अखवारहरुको साइट पनि बन्द गरिएका छन् । वर्षौं लामो गृहयुद्धपछि सन् १९९३ मा संयुक्त राष्ट्र संघको शानित स्थापना अभियान अन्तर्गत क्याम्वोडियामा पहिलो आम निर्वाचन सम्पन्न भएके थियो ।

सन् १९७५ देखि १९७९ सम्म कटटरपन्थि खमेरुजको कम्युनिस्ट शासनकालमा करिव बिस लाखा मानिसको ज्यान गएको थियो । खमेरुजकै पुर्व सेना रहेका हुनसेनले पछि त्यहि शासन सत्ताको विरोध गरेका थिए । उनले राष्ट्रमा तिव्र आर्थिक उन्नतिका लागि महत्वुपुर्ण योगदान दिएक छन् ।