चुनाव सामु मुगावेको पत्रकार सम्मेलन


हरारे,(एजेन्सी)
जिम्वावेको आम निर्वाचन सम्मुख त्यहाँका पुर्व राष्ट्रपति रोवर्ट मुगावेले अचानक पत्रकार सम्मेलन गरेका छन् । मुगावेले आफुलाई आफैले स्थापना गरेको जानु – पिएफ पार्टीबाट जवर्जस्ती निकाल्ने आफ्ना उत्तराधिकारी इम्मर्सन नान्गाग्वालाई समर्थन नगर्ने बताएका छन् ।

उनले पत्रकार सम्मेलनमा आफुलाई सताउनेहरुलाई मत दिन नसकिने र आफुले अन्य २२ जना उम्मेदवार मध्येलाई छान्ने जानकारी दिएका छन् । जिम्वावेमा आज निर्वाचन हुँदैछ । गत नोभेम्वरमा मुगोवेलाई अपदस्थ गरिएपछिका ेयो पहिलो चुनाव हो ।

राजधानी हरारे स्थित आफ्नो निवास स्थानमा उनले पत्रकारहरुलाई भनेका छन् , ‘ सैनिक विद«ोहकै एक उद्देश्य अन्तर्गत मलाई अपदस्थ गरिएको हो । मैले हिंसात्मक द्वन्द्व ननिम्ताउन मात्र त्यसै पद छोकेको थिए । म अब विपक्षी मुभमेनट फर डेमोक्रेटिक चेन्ज ( एमडिसि ) का नेता नेल्सन चामिसाले चुनाव जितोस भन्ने चाहन्छुँ । उनले राम्रा गरिरहेका छन् । ’

९४ वर्षिय मुगावेले जिम्वावेको सत्तामा पुग्न चामिसा एकमात्र उपयुक्त उम्मेदवार भएके वीवीसीलाई बताएक छन् ।