बहुक्षेत्रीय पोषण कार्यक्रमका बार्षिक समिक्षा



धनवीर दाहाल, रुकुम ।
बहुक्षेत्रीय पोषण योजनाको सहयोग र चौरजहारी नगरपालिकाको आयोजनामा चौरजहारी नगरपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम सम्वन्धि बिभिन्न बिषयगत शाखाहरुले गरेका कामहरुको बारेमा समिक्षा गरिएको छ ।

समिक्षा कार्यक्रममा बोल्दै चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माले थोरै बजेट र छोटो समयमा बजेट अनुसारको उपलब्धि देखिनेगरी काम भएको बताउनु भएको थियो ।

सुनौला हजार दिनको अवधिमा आमा र बच्चाको उचित तवरले पालनपोषण तथा उचित स्याहार सुशार गर्न सकेको खण्डमा मात्र बालबालिकाको बौद्धिक क्षमतामा पूर्ण विकास गई त्यहि बालक भोली गएर देश विकासको हतियार बन्न सक्ने भएकाले त्यस्ता अवस्थाका महिला तथा बालबालिकालाई सहयोग गर्न यस चौरजहारी नगरपालिकाले आ.व.२०७४।०७५ देखि विषयगत कार्यालय तथा चौरजहारी नगरपालिकाको समन्वयमा यस नगरपालिका भित्रका पोषण स्थिति अलि कमजोर भएका ६ वटा (७,१०,११,१२,१३,१४) ओडा छनौट गरि कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी गराउनु भएको थियो ।

यस्तै कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप सुनारले नगरपालिकामा साझेदारीको रुपमा लागु गरिएको कार्यक्रममा जम्मा वजेट रु २०,००,०००। स्वीकृत भएकोमा बहुक्षेत्रीय पोषण कार्यक्रमको तर्फबाट रु १३१७०००। र नगरपालिकाले रु ६८३०००।

खर्च वेहोरेको बताउनुभयोे उहाँले अख्तियारी ढिलो आउने तथा नगरमा कर्मचारीको अभावका बावजुद पनि अधिकांश कार्यक्रमहरु नगरपालिकाकाले सम्पन्न गरेको बताउनु भएको थियो । केहिदिनमा सुनौला हजार दिनका आमाहरुको लागि पोषिला खाने कुरा सहित झोला बितरण कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत सुनारले जानकारी दिनु भयो ।

समिक्षा कार्यक्रममा नगरपालिकाले निमार्ण गरेका पोषण प्रोपाईल,पोषण डकुमेन्ट्री समेत देखाईएको थियो । कार्यक्रमा सहभागि वडाअध्यक्षहरुले यो कार्यक्रम सबै वडामा लागु गर्न सुझाब दिएका थिए । कार्यक्रममा नगर उपप्रमुख राधा रोका वडाअध्यक्ष,बिषयगत शाखाका प्रमुख लगाएको सहभागि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्