बर्दियामा ७ वटा यातायात ब्यवासायी संस्था खारेज



बिष्णु तिमिल्सिना, बर्दिया ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले बर्दियामा क्रियाशिल ७ वटा यातायात व्यावसायिक संघ,संस्था तथा समिति खारेज गरेको छ । कार्यालयको आज शुक्रबारको निर्णय अनुसार यहि श्रावणको १ गतेबाट नै लागु हुने गरी संस्था दर्ता ऐन २०३४ र ऐन नियमावली बमोजिम खारेज गरिएको सुचना सार्बजनिक गरेर जानकारी गराएको हो ।

खारेज हुने संस्था मध्य बर्दिया कृष्णसार यातायात व्यवसायी संघ गुलरिया, कुसुम्बादेवी यातायात व्यबसायी समिति सानोश्री ३, टेक्टर व्यवासयी समिति गुलरिया बर्दिया, ठाकुरबाबा टेक्टर व्यवसायी समिति नेउलापुर ५, बर्दिया टेक्टर व्यवसायी संघ गुलरिया, बर्दिया टेक्टर व्यवसायी संघ गुलरिया र त्रिशक्ति टेक्टर समिति सानोश्री ३ रहेको छ ।

साथै सो कार्यालयमा दर्ता भएका तर ३ बर्ष अगाडी देखि नविकरण नभएका संस्थाको सम्पुर्ण विवरण सहित संस्था नविकरण गर्न अनिर्वाय उपस्थिीति हुन ३५ दिने सुचना जारी गरेको छ । सो समय सम्म नविकरण नगरे खारेजीको प्रक्रियामा जाने कुरा कार्यालयले सुचना मार्फत जानकारी गराएको छ । क्रियाशिल रहेका संस्थाहरुलाई भने अनिर्वाय रुपमा चौमाषिक रुपमा प्रगति बिबरण पेश गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्