निर्माण कम्पनीले अलपत्र छोडेको पुल गाँउपालिकाले बनायो



धनवीर दाहाल, रुकुम पुर्व ।
निर्माणको जिम्मा लिएको ६ बर्ष सम्म पुल निर्माण नगरी अलपत्र अवस्थामा छाडेको सडक पुललाई गाँउपालिकाले निर्माण गरेको छ । रुकुम पुर्वको सिस्ने गाँउपालिका र भूमे गाउँपालिकाबीच पर्ने धौलापैरामा छ बर्ष पहिला पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले ५ प्रतिशत पनि काम नगर्दा बर्षातको समयमा गाडी आवत जावतमा झनै समस्या भएको थियो ।

निर्माण कम्पनीले वेवास्था गरेपछि भुमे गाँउपालिकाको बजेटबाट पुल निर्माण गरिएको गाँउपालिका अध्यक्ष रामसुर बुढाले बताउनुभयो । अध्यक्ष बुढाले याकथुम्हाङरबीबी जेभी सेवाले पुल निर्माण गर्न नसक्दा यातायातमा सहज नभएको र आयोजना , निर्माण ब्यबसायी र जिल्लाका सरोकार वाला सबैको गम्भिर ध्यानाकर्षण गर्दा समेत कसैको चासो नगए पछि भुमे गाँउपालिकाले निर्माण गरेको जानकारी दिनुभयो । उहाँले जनताको सम्बेदनसिलतालाई ध्यानमा राखि आफ्नो क्षेत्र भित्र नहुँदा नहुदै काम गर्नु परेको बताउनुभयो ।

पुल निर्माणको जिम्मा लिएकाले मतलव नगरेपछि बर्षातको समयमा जनताले पाइरहेको दुख्ख पिडाका कारण सडक पुल बनाइएको उहाँको भनाई छ ।
धौलापैरामा पक्की पुल निर्माण जिम्मा लिएको याकथुम्हाङरबीबी जेभी निर्माण सेवाको लापरबाहीका कारण पुल निर्माण हुन सकिरहेको थिएन । सोही खोला तरेपछि मात्रै जिल्लाका २ स्थानीय तह भूमे र पुथाउत्तरगंगा गाउँपालिका पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्