खेलाडी र प्रशिक्षकको नाममा स्टेसन


पेरिस, (एजेन्सी)
पेरिसको ६ वटा मेट्रो स्टेसनको नाम फ्रान्स विश्वकप विजेता टिम सदस्यहरूको नाममा रूपान्तरित गरिएको छ।

फ्रान्समा रहेको स्टेसन भिक्टोर हुजोको नाम फ्रेन्च फुटबल टिमका कप्तान र गोलरक्षक ‘भिक्टोर हुजो लोरिस’ को नाममा राखिएको छ। यसै गरी बर्सी मेट्रो स्टेसनको नाम ‘बर्सी लेस ब्लुज’ राखिएको छ। ऐभ्रोन स्टेसनको नाम ‘नाउस एभ्रोन गागने’ राखिएको छ। यो एउटा फ्रेन्च नाटक हो जसको अर्थ ‘हामीले जित्यौं’ हुन्छ। योबाहेक चाल्र्स डे गाउले एटोइलेको नाम ‘अन अ टु एटोइले’ राखिएको छ। जसको अर्थ ‘हामीसँग दुई वटा तारा छ’ भन्ने हो।’ जसले सन् १९९८ र २०१८ मा फ्रान्सले विश्वकप जितेकोलाई जनाउँछ।

यीबाहेक दुई वटा स्टेसनको नाम प्रशिक्षक डिडियर डेसच्याम्प्सको नाममा राखिएको छ। जसले सन् १९९८ मा खेलाडी र त्यसको २० वर्षपछि प्रशिक्षकका रूपमा फ्रान्सलाई फिफा विश्वकप उपाधि दिलाएका छन्। फ्रान्सको प्रसिद्ध नोटर ड्याम चर्चमा बनेको स्टेसनको नाम नोटर–डिडियर डेसच्याम्प्स राखिएको हो। यस्तै गरी पेरिस सेन्ट्रल स्टपलाई पनि डेसच्याम्प्स क्लेमेन्स नाम दिइएको छ। यद्यपि यो नामाकरण स्थायी हो कि अस्थायी भनेरचाहिँ स्पष्ट गरिएको छैन।

इंग्ल्यान्ड र बेल्जियममा पनि सम्मान

बेल्जियमले विश्वकपमा इंग्ल्यान्डलाई हराएर तेस्रो स्थान हासिल गर्यो। यसैको खुसीयालीमा राजधानी ब्रसेल्सका खेलाडी इडेन हजार्डको नाममा आट्र्स लोई स्टेसनको नाम परिवर्तन गरेर हजार्ड लोई राखेका छन्। यस्तै इंग्ल्यान्डले पनि २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुर्याउन सफल टिम म्यानेजर गेरेथ साउथगेटको नाममा लन्डनको साउथगेट मेट्रो स्टेसनको नाम बदलेर गेरेथ साउथगेट स्टेसन राखेका छन्।