नेपाल–चीन एक्स्पो हुँदै

0
Shares

काठमाडौं, (नेस)
अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजले असोज १९ देखि २३ गतेसम्म पाँच दिने नेपाल–चीन एक्स्पो –२०१८ गर्ने भएको  छ।

 

राष्ट्रिय विभँति अरनिको र उहाँले चीनमा परिचित गराएको नेपालको संस्कृति र हस्तकलामार्फत व्यावसायिक क्षेत्रको विकासमा भँमिका निर्वाह गर्ने यस समाजको मुख्य उद्देश्य रहेको छ ।
समाजले दुई देशबीचको संस्कृति, मौलिकता र परम्परा आदानप्रदान गर्दै मुलुकको आर्थिक विकास, व्यवसायीहरुको क्षमता विकास, बजार विस्तार गर्ने लगायत विविध क्षेत्रमा क्रियाशील हुने लक्ष्य राखेको छ ।

चीनले अघि सारेको वन बेल्ट वन रोडले (ओबिओआर) बाट नेपालमा पर्यटन, कृषि, ऊर्जा, उद्योग र पँर्वाधार विकासमा प्रशस्त लाभ लिन सकिने सम्भावनालाई समेत मध्यनजर गर्दै त्यसमा सकारात्मक योगदान दिने पनि मेलाको एक महत्वपँर्ण उद्देश्य रहेको छ ।

 

मेलामा करिब एक सय स्टल रहने छ । नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्री र चीनमा उत्पादन हुने कपडा, जुत्ता, बालबालिकाको निम्ति ज्ञानवद्र्धक, मनोरञ्जन दिलाउने सामग्री, स्टेशनरी, दैनिक अत्यावश्यक उपकरण र हार्डवेयर, स्पोर्टिङ उपकरण र विभिन्न प्रविधिहरु मेलामा प्रदर्शनी र बिक्रीका लागि राखिने छ ।

 

मेला अवधिभर ललितपुरका मँर्त, अर्मँत संस्कृतिको जीवन्त प्रदर्शनी गरिने छ । करिब दुई लाखले मेलाको अवलोकन गर्ने अनुमान रहेको छ ।