पूर्ण प्रविधियुक्त ‘नौलो रेस्टुरेन्ट’

0
Shares

नेपाल समाचारपत्र, काठमडौं
नेपालमै पहिलोपटक पँर्ण प्रविधियुक्त रेन्टुरेन्ट खुलेको छ । विकसित मुलुकमा उच्च आधुनिक प्रविधि तथा रोबर्टको प्रयोग गरेर सेवा उपलब्ध गराइनु नौलो कुरा नभए पनि नेपालमै यस्तो प्रविधि विकास गरेर प्रयोगमा ल्याइनु भने पक्कै पनि नौलो हो । यो कुराको शुरुवात दरवारमार्गमा खुलेको ‘नौलो रेस्टुरेन्ट’ ले गरेको छ।

बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले उक्त रेन्टुरेन्टको उद्घाटन गर्नुभएको हो । ‘ह्वेयर फुड मिट्स टेक्नोलोजी’ स्लोगनका साथ पाइला टेक्नोलोजीको प्रोजेक्टका रुपमा रहेको उक्त रेस्टुरेन्टमा रोबर्टले वेटरको सेवा दिन्छन् भने ग्राहकहरुले आफ्नो टेबलबाटै आफँलाई चाहिएको परिकार अर्डर गर्न सक्छन् ।

जिन्जर नाम गरेको उक्त रोबर्टलाई नेपालमै बनेको पहिलो सर्भिस रोबर्टका रुपमा पनि लिइएको छ । उक्त रोबर्टलाई सात महिना अवधि लगाएर ‘स्टेट अफ् आर्ट टेक्नोलोजी एन्ड रोबोटिक्सले तयार पारिएको हो । जिन्जर रोबर्टले ग्राहकसँग अंग्रेजी भाषामा दोहोरो सम्वाद गर्न सक्छ । उक्त रोबर्टले आफ्नो ब्याट्री क्षमताअनुसार निरन्तर ८ घण्टा काम गर्न सक्ने उक्त कम्पनीको दाबी छ ।

नौलो रेस्टुरेन्टमा तीनवटा ‘जिन्जर रोबर्ट’ र एउटा ‘परी रोबर्ट’ रहेका छन् । जिन्जरले खाना टेबलसम्मै पु¥याउनेलगायत वेटरले गर्ने सबै काम गर्छ भने परी रोबर्टले ग्राहकलाई ‘लबी मेनेजर’का रुपमा रेन्टुरेन्टका विभिन्न विषयमा जानकारी दिन्छ । हरेक टेबलमा डिजिटल डिस्प्ले कार्ड राखिएको छ । जसका माध्यामबाट ग्राहकले आफँलाई मन लागेको परिकार सजिलै अर्डर गर्न र तिर्नुपर्ने बिलका विषयमा जानकारी लिन सक्छन् ।

रोबटिक तथा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिेलिजेन्स) को अधिकतम प्रयोग गरिएको नौलो रेन्टुरेन्टले आफ्नो सिग्नेचर डिसका रुपमा ‘म्याक एन्ड चीज बल’ रहेको जनाएको छ ।