तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न दुई ठेकेदार छनोट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अर्ध जलाशययुक्त १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्यको लागि प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण कम्पनीहरु छनोट गरेको छ । आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सीएमसी छनोट भएको हो ।

मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको उक्त कम्पनीले २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मँल्य अभिवृद्धि करसहित) मा बोलकबोल गरेको हुँदा छनोट भएको थियो । उक्त कम्पनीसँग छिट्टै सम्झौता हुने बताइएको छ ।

त्यस्तै आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपँर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ । कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर तथा ३ अर्ब ८३ करोड १४ लाख (मँल्य अभिवृद्धि कर बाहेक)मा खरिद सम्झौता हुने छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडले साउन ७ गते बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको थियो । दुवै कम्पनीले साउन ८ गते पत्र बुझिसकेका छन् ।

पत्र बुझेको २८ दिनभित्र कम्पनीहरुले कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउनुपर्ने तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताउनुभयो । ‘खरिद सम्झौता भएको दुई महिनापछि काम शुरु गर्ने र सम्पँर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ,’ उहाँले भन्नुभयो ।

तनहुँ हाइड्रोपावर लिमिटेडले २०७३ माघ १९ गते पहिलो र दोस्रो प्याकेज निर्माणका लागि पँर्वयोग्यतामा छनोट भएका कम्पनीलाई बोलपत्र प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । पहिलो प्याकेज निर्माणका लागि पँर्वयोग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पँर्वयोग्यतामा छनोट भएका ३ वटा कम्पनीमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि २८ असारमा बोलपत्र आह्वान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक (एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन ब्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवम् प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् ।