मतदानबाटै गाँउपालिकाको केन्द्र परिवर्तन गर्न सिफारिस



धनवीर दाहाल, रुकुम पुर्व ।
गाँउपालिका केन्द्रका बिषयमा बिवाद उत्पन्न हुँदा स्थानीयमा फाटो ल्याइरहेको रुकुम पुर्वको पुथाउत्तर गंगा गाँउपालिकाको केन्द्र मतदानबाट टुंगो लगाइएको छ । हाल कोलमा रहेको केन्द्रलाई तकसेरा लगाएतका बासिन्दाले तकमा हुनुपर्ने भन्दै आन्दोलन गर्दै आएका थिए । मतदानबाट टुंग्याउनु पर्ने सहमति भएपछि केन्द्रका बिषयमा मतदान भएको थियो । बिहिवार भएको मतदानमा पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र ‘तक’लाई दुई तिहाई मत परेको छ ।
६९ जनाले गरेको मतदानमा तक केन्द्रको पक्षमा ४७ मत र कोल केन्द्रको पक्षमा जम्मा २२ मत खसेको थियो । यो मत दुई तिहाई मत हो । ७४ जना गाउँसभा सदस्यमा तीन जना जिल्ला समन्वय समितमा परेको हुँदा र एक सदस्यको निधन भएकोले सहत्तरी जनाको गाउँसभामा गाउँपालिकाको अध्यक्षले मतदान गर्न नपाउने भएकोले ६९ जनाले मात्र मतदान गरेका थिए ।
अब गाउँपालिकाको केन्द्र तकको लागि गाउँसभाले प्रदेश सभा सिफारिस गर्न यो दुई तिहाई बहुमतको अनिवार्यतालाई पूरा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्