हलेसीको आम्दानी नगरपालिकाको मातहतमा

0
Shares

नेपाल समाचारपत्र, खोटाङ
ऐतिहासिक त्रि–धार्मिकस्थल हलेसी मन्दिरको आम्दानी नगरपालिकाको मातहतमा ल्याइएको छ । प्रसिद्ध हलेसी मन्दिरको भेटी लगायतका आम्दानीलाई हलेसी तुवाचुङ नगरपालिकाको मातहतमा ल्याउने निर्णय गरिएको हो ।

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीको आम्दानीलाई पारदर्शी राख्दै हलेसीकै पर्यटन प्रवद्र्धनका लागि उपयोग गर्न नगरपालिकाको मातहतमा ल्याउने निर्णय गरिएको मेयर ईवन राईले बताउनुभयो ।

हालसम्म हलेसी मन्दिर व्यवस्थापन समितिमार्फत सञ्चालन हुँदै आएको हलेसीको आम्दानीलाई नगरपालिका, हलेसी महादेवस्थान विकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिको बैठकले स्थानीय सरकारको मातहतबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका,समितिका एक÷एक जना प्रतिनिधिको संयुक्त दस्तखतबाट चल्ती खाता सञ्चालन हुने बताइएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानमा पर्ने हलेसी आउने बाह्य तथा आन्तरिक पर्यटक÷दर्शनार्थीले भेटी, गरगहना चढाउने गरेका छन् । कार्यविधि तयार गरी मन्दिरकै व्यवस्थापन, परिचालन र विकासमा खर्च गरिने नगरपालिकाले जनाएको छ।