मुक्तिनाथविकास बैंक लि. र पोखरा विश्वविद्यालयबीच सम्झौता

0
Shares

काठमाडौं(नेस)
मुक्तिनाथ विकास बैंक लि. र पोखरा विश्वविद्यालय, स्कँल अफ विजनेस बीच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौतापत्र मा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा पोखरा विश्वविद्यालयवाट विविए, विआइ र एमविएमा उत्कृष्ट अंकल्याई उतीर्ण हुने ५ जनाविद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रक्रिया पुरा गरी कर्मचारीको रुपमा नियुक्ति गर्ने,विभिन्न विभाग अन्तर्गत अध्ययनगर्ने विद्यार्थीहरुलाई इन्टर्नशीप गर्न अवसर प्रदान गर्ने र बैंकिङ्ग सम्बन्धी आवश्यक तालिम तथा व्यावहारिक ज्ञान आदान प्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौता पश्चात शैक्षिक योग्यता हासिल गरी सके पछि देखिने बेरोजगारी समस्यालाई व्यवस्थापन गर्न सहयोग पुग्नेमा दुवै पक्ष विश्वस्त रहेका छन् ।उक्त सम्झौता पत्रमा मुक्तिनाथविकास बैंक लि.को तर्फबाट क्षेत्रीय प्रवन्धक बाबुराम ढकाल र पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्वविद्यालय, स्कँल अफ विजनेसका निर्देशक डा. रविन्द्र घिमिरेकोे हस्ताक्षर गर्नुभयो ।