सरकार र आन्दोलनरत डा.केसीलाई आ–आफ्ना हठ त्याग्न आग्रह

0
Shares

यमलाल भुसाल, बुटवल ।

सरकार र आन्दोलनरत डाक्टर गोविन्द केसीलाई आआफ्ना हठ त्याग्न बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन् ।

उनीहरुले माथेमा आयोगको प्रतिवेदनमाथि छलफल गरेर उक्त प्रतिवेदनलाई कार्यानवयन गर्नुपर्ने समेत बताएका छन ।

रिपोर्टर्स क्लव प्रदेश नम्बर पांचले बुधबार बुटवलमा आयोना गरेको साक्षात्कारमा बोल्ने वक्ताले मुलुकलाई अगाडी बढाउन कांगे्रस चाहिने बताउंदै कांगे्रस जिम्मेवार बन्न नसकेको धारणा पनि राखेका थिए ।

सोही कार्यक्रममा बोल्दै प्रदेशसभा सांसद विष्णु पन्थीले सरकारले निश्चित प्रक्रिया पुराएर मेडिकल कलेजहरुमा लगानी गर्न दिनुपर्ने बताउनु भयो ।

उहाँले सरकारले रेगुलेट गर्नुपर्ने बताउंदै पूंजीलाई बाहिर जानबाट रोक्नका लागि शिक्षण संस्थाहरु खोल्नुपर्ने बताउनु भयो । उहाँले व्यक्तिगत बिचारमा डाक्टर गोविन्द केसीका माग ठिकै भएपनि एउटै व्यक्तिले सबै गर्छु भन्ने सम्भव नहुने बताउनु भयो ।

पूर्व प्रधानमन्त्री सुशील कोईरालाका सल्लाहाकार डाक्टर दिनेश भट्टराईले डाक्टर गोविन्द केसीले सत्यको आग्रह गरेको बताउनु भयो ।

माथेमा आयोग कार्यान्वनमा ल्याएर स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार ल्याउनु पर्ने उहाँको कथन थियो ।

डाक्टर केसीको आन्दोलनमा जनताको सहयोग रहेको दावी गर्दै उहाँले सत्तामा बस्दा एउटा कुरा गर्ने र सत्ता बाहिर रहदा अर्को कुरा गर्ने राजनीतिक दलका नेताहरुका कारण देश समस्यामा परेको बताउनु भयो ।

सरकारले शक्ति देखाउन नहुने र मानवीयता देखाउनु पर्ने बताउदै उहाले राष्ट्रियताको हितमा एकता प्रदर्शन गर्न नसकिए नेपाल विदेशीको अखडा बन्न सक्ने बताउनु भयो ।

मानव अधिकार तथा शान्ति समाजका उपाध्यक्ष गोविन्द खनालले गोविन्द केसीका माग आम नागरिका माग भएको बताउदैे माथेमा आयोगको प्रतिवेदनबाट राजनीतिक दल तरङ्कित भएको धारणा राख्नु भयो ।

उनले सरकारले लोकतान्त्रिक चरित्र देखाउन नसकेको आरोप लगाए । पत्रकार महेन्द्र थापाले डाक्टर गोविन्द केसीका माग गैर राजनीतिक भएको बताउनु भएको थियो ।