कीर्तिपुरको बजेट सवा अर्ब

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक, पर्यटकीय र व्यवस्थित शहरका रुपमा विकास गर्ने लक्ष्यसहित चालँ आर्थिक वर्षका लागि १ अर्ब २७ लाख ३० हजार रुपियाँ विनियोजित गरिएको छ ।

मंगलबार कीर्तिपुरस्थित मंगलटोल, हिल साइडमा आयोजित नगरपालिकाको तेस्रो नगरसभाबाट पारित आर्थिक वर्ष २०७५÷७६ नम्बर नीति, योजना र कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाका प्रमुख रमेश महर्जनले सो को जानकारी दिनुभएम्को हो ।

त्यसमध्ये चालँतर्फ ३३ करोड २३ लाख र पुँजीगततर्फ ६७ करोड ४ लाख ३० हजार रुपियाँ रहेको छ । चालँतर्फ ३३ दशमलब १४ प्रतिशत रकममध्ये प्रशासनिक खर्चतर्फ ७ करोड ८० लाख रुपियाँ, सामाजिक सुरक्षा कार्यक्रम ६ करोड रुपियाँ र सशत्र्त अनुदान (विषयगत कार्यालय) तर्फ १९ करोड ४३ लाख रुपियाँ रहेको छ ।

त्यसैगरी पुंँजीगत खर्चमा ६६ दशमलब ८६ प्रतिशत रहेकोमा आर्थिक विकासमा ३ करोड ५६ लाख रुपियाँ, सामाजिक विकासमा २२ करोड ७८ लाख ३० हजार रुपियाँ, वन तथा वातावरणमा ५ करोड १५ लाख रुपियाँ, संस्थागत विकासमा ५ करोड ६३ लाख रुपियाँ, पँर्वाधार विकासमा २१ करोड ९२ लाख रुपियाँ र वडास्तरीय विकास योजना कार्यक्रममा ८ करोड रुपियाँ विनियोजित गरिएको छ । ‘यति बजेट खर्च गर्र्नु चुनौतीपँर्ण छ । प्रदेश र केन्द्र सरकारको सहयोग रहने हो भने यति बजेट कार्यान्वयन गर्न सकिन्छ । विकासको कार्यलाई प्रभावकारी बनाउन सकिन्छ ।’ प्रमुख महर्जनले भन्नुभयो ।

नगरपालिकाले सामुदायिक विद्यालयहरुमा लाइब्रेरी, स्वयंसेवी शिक्षकको व्यवस्था गर्ने, स्थानीय भाषामा समेत पाठ्यक्रम समावेश गराइने नीति पनि अघि सारेको छ ।

त्यसैगरी स्वास्थ्यतर्फ उच्च रक्तचाप र मधुमेहका बिरामीलाई औषधि वितरणको कार्यक्रमलाई निरन्तरता दिई पक्षघात रोगबाट पीडित ‘क’ वर्गको परिचयपत्र (रातो कार्ड) प्राप्त बिरामीलाई मानसिक रुपमा ५ सय रुपियाँ बिरामी भत्ता प्रदान गर्ने, विष्णुदेवी अस्पताललाई स्थान्तरण गर्ने, प्लास्टक झोला न्यँनीकरण कार्यक्रम अघि सारेको प्रमुख महर्जनले जानकारी दिनुभयो ।

त्यसैगरी खानेपानी र सरसफाई, पर्यटन विकास, भौतिक पँर्वाधार, सार्वजनिक जग्गा, भवन, सत्तल, पार्टी पौवा, दह, पोखरीको सञ्चालन र व्यवस्थापन गर्ने नीति पनि अघि सारिएको छ । त्यस्तै प्राकृतिक स्रोत साधनको नियमन र व्यवस्थापन, बेरोजगार तथ्यांक संकलन, युवा तथा खेलकुदको विकास अघि बढाउने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, यातायात, कृषि, उद्योग तथा वाणिज्य, विपद् व्यवस्थापन, वन तथा भँ संरक्षण र उपयोग गर्ने नीतिलाई प्राथमिकता दिएको पनि प्रमुख महर्जनले बताउनुभयो ।

सो सभाको उद््घाटन गर्दै नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर जनताप्रति सुशासन र जवाफदेहीको उदाहरण बनोस् भन्ने कामना गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गर्नुभयो । मन्त्रीले कीर्तिपुरलाई सांस्कृतिक र पर्यटकीय नगरको रुपमा विकास गर्न मन्त्रालय सधै सहयोगी हुने बताउनुभयो । उहाँले यहाँका अमँर्त, मँर्त संस्कृतिको संरक्षण गरी पर्यटन विकास गर्न सकिने पनि बताउनुभयो ।

सो अवसरमा ३ नम्बर प्रदेशका भौतिक पँर्वाधार मन्त्री केशव स्थापितले कीर्तिपुर क्षेत्रमा विकास, समृद्धिका अनन्त सम्भावना रहेको उल्लेख गर्दै सकारात्मक सोच, सम्भावनायुक्त सोच र आशावादी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रमुख सरस्वती खड्काले प्रदेश र केन्द्रबीच समन्वयको अभावले सोचे अनुरुप काम गर्न नसकेको बताउँदै आगामी वर्षमा जनताको अपेक्षा बढी भन्दा बढी सम्बोधन गर्नेतिर लाग्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।