लक्ष्यभन्दा बढी राजस्व संकलन गर्नेमा विराटनगर पहिलो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ
भन्सार महशुल, मुल्य अभिवृद्धि कर र अन्तःशुल्कको वार्षिक लक्ष्य असुलीभन्दा बढी राजस्व संकलन गर्नेमा विराटनगर भन्सार कार्यालय अब्बल देखिएको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा कार्यालयगत तुलनात्मक राजस्व संकलनमा विराटनगर भन्सार कार्यालयले अन्य सबै भन्सार कार्यालयलाई उछिनेको हो ।

गत आर्थिक वर्षमा विराटनगर भन्सार कार्यालयबाट मात्र ३२ अर्ब ८१ करोड १२ लाख रुपियाँ बराबरको राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३४ दशमलव ७४ प्रतिशतले राजस्व संकलनमा वृद्धि भई वार्षिक लक्ष्यभन्दा १ अर्ब ५६ करोड ६३ लाख रुपियाँ बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा उक्त भन्सार कार्यालयबाट ३१ अर्ब २४ करोड ४८ लाख रुपियाँ बराबर राजस्व संकलन लिइएको लक्ष्यभन्दा ५ दशमलव १ प्रतिशत राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

लक्ष्यभन्दा धेरै राजस्व संकलन गर्ने भन्सार कार्यालयमा विराटनगर पहिलो देखिए पनि सबैभन्दा बढी राजस्व संकलन भने भैरहवा भन्सार कार्यालयले गरेको छ । गत आर्थिक वर्षमा वार्षिक लक्ष्यअनुरुप रकमगत हिसाबले राजस्व संकलन गर्न नसक्ने भन्सार कार्यालयमा भने भैरहवा भन्सार कार्यालय पहिलो स्थानमा छ ।

तर, उक्त भन्सार कार्यालयले राजस्व संकलनको वार्षिक लक्ष्य भने भेटाउन सकेको देखिँदैन । भैरहवा भन्सार कार्यालयबाट ८१ अर्ब ४३ करोड ७७ लाख ८८ हजार राजस्व संकलनको लक्ष्य लिइएकोमा ७१ अर्ब ४४ करोड ४१ लाख २४ हजार रुपियाँ बराबर मात्र राजस्व संकलन भएको छ । उक्त भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा ९ अर्ब ९९ करोड ३६ लाख ६४ हजार रुपियाँ कम राजस्व संकलन भएको छ ।

त्यसैगरी भन्सार कार्यालयहरुबाट संकलन गरिने मुल्य अभिवृद्धि करमार्फत् १ खर्ब ४२ अर्ब ११ करोड ४८ लाख रुपियाँ वार्षिक राजश्व संकलन लक्ष्य लिइ्एकोमा लक्ष्यभन्दा ३ दशमलव शँन्य ९ प्रतिशत अर्थात् १ खर्ब ३६ अर्ब ४४ करोड ३५ लाख रुपियाँ बराबर संकलन भएको छ । भन्सार कार्यालहरुमार्फत् संकलन गरिने अन्तःशुल्क कर मार्फत् ४६ अर्ब २८ करोड १० लाख २४ जहार रुपियाँ राजस्व संकलनको लक्ष्य लिएकोमा वार्षिक लक्ष्यको ९० दशमलव ९२ प्रतिशत अर्थात् ४२ अर्ब ७ करोड ९३ लाख २५ हजार रुपियाँ बराबर मात्र संकलन भएको छ ।

यसरी भन्सार राजश्वमार्फत् वार्षिक लक्ष्यभन्दा शँन्य दशमलव ५९ प्रतिशत बढी, मँल्य अभिवृद्धि करमार्फत् वार्षिक लक्ष्यको ९६ दशमलव शँन्य १ प्रतिशत र अन्तःशुल्क करमार्फत वार्षिक लक्ष्यको ९० दशमलव ९२ प्रतिशत गरी कुल ९७ दशमलव २२ प्रतिशत राजस्व संकलन भएको भन्सार विभागका तथ्यांङ्क शाखा प्रमुख विनोदशरण आचार्यले बताउनुभयो । समग्रमा भन्सार कार्यालयमार्फत् ३ खर्ब १६ अर्ब ६५ करोड ९२ लाख रुपियाँ बराबर राजस्व संकलन भएको आचार्यको भनाइ छ । देशका विभिन्न २३ वटा भन्सार कार्यालयहरु र जाँचपास परीक्षण कार्यालयमार्फत उक्त राजस्व रकम असुली गरिएको हो ।