मिटर बक्स नहुँदा दुई वर्षदेखि गजुरमुखी अन्धकार

0
Shares

गणेश घिमिरे, इलाम

वर्षौ लामो प्रतीक्षापछि इलामको पश्चिम भेगको फाकफोकथुम र माङसेबुङ गाउँपालिकामा विद्युतीकरण भयो । तर, विद्युत् सेवा प्रभावकारी बन्न सकेको छैन । फाकफोकथुम–५ लुम्दे र माङ्सेबुङ–१ मा दुई वर्ष अघि लाइन विस्तार भए पनि लुम्देमा मात्रै बत्ती बलेको छ ।

 

दुवै स्थानमा एउटै प्रसारण लाइनबाट विद्युत् सेवा प्रवाह गर्ने तयारी गरिए पनि विद्युत् प्राधिकरणले गजुरमुखीमा विद्युत् सेवा शुरु गर्न सकेको छैन । मिटर बक्सको अभावमा सिंगो वडामा विद्युत् सेवा शुरु हुन नसकेको प्राधिकरणका अधिकारी बताउँछन् । लुम्दे र गजुरमुखी लक्षित गरी विद्युत सेवा शुरु भएको दुई साता पँरा भए पनि साविक गजुरमुखी गाविसका १, २, ३, ४, ५, ६ र ७ वडामा बत्ती बल्न सकेको छैन ।

 

माङ्सेबुङ–१ का कुनै पनि घरघुरीमा मिटर बक्स जडान नभएकाले स्थानीयले विद्युत् सेवाबाट बञ्चित भएका छन् । मिटरबक्स जडान गर्न भन्दै स्थानीय शेरबहादुर लिम्बुले गजुरमुखीबाट प्रतिघरधुरी ३ हजार रुपियाँ उठाए पनि अहिलेसम्म आफँहरुले मिटर बक्स नपाएको स्थानीयको गुनासो छ् । छिट्टै मिटर बक्स ल्याउने भनेर डेढ÷दुई वर्ष अघि नै पैसा लगेका लिम्बुले अहिलेसम्म मिटर नल्याउँदा समस्या भएको स्थानीय तुलसी भट्टराईले बताउनुभयो ।

‘एकैपटक लाइन तानिएको लुम्दे झलमल भयो, हामी भने अन्धकारमा छांै,’ उहाँले भन्नुभयो–‘करिब ५० घरधुरीले मिटरबक्सका लागि पैसा दिएका छन् तर मिटरको अत्तोपत्तो छैन ।’

प्राधिकरणमा मिटर बक्स अभाव हुँदा समयमा उपलब्ध गराउन नसकिएको लिम्बुले बताउनुभयो । साउनभित्रैमा सबै उपभोक्ताका घर–घरमा मिटर जडान हुने दाबी गर्दै उहाँले भन्नुभयो–‘मिटर बक्स खरिदका लागि प्रतिगोटा २५÷२६ सय रुपिंयाँ लाग्छ, त्यहीअनुसार उपभोक्ताबाट ३ हजारका दरले रकम उठाइएको हो ।’ प्राधिकरणले भने मिटरबक्सको सबै प्रक्रिया पँरा हुँदा बढीमा १८ सयका हाराहारी मात्रै खर्च हुने जनाएको छ ।

हालमार्फत मिटर बक्स ल्याइदिने भन्दै प्रतिघरधुरी ३ हजार र सिफारिसका लागि प्रतिघरधुरी ३ सयसहित ३ हजार ३ सय रुपियाँ संकलन गर्नु भएको थियो । दुई वर्षसम्म पनि मिटर उपलब्ध नभएपछि स्थानीय बासिन्दा ढुंगेल र दाहालसँग रुष्ट बनेका छन् । यसबारेमा उहाँसँग जिज्ञासा राख्दा ढुंगेलले मिटर बक्सका लागि तीनसय रुपियाँ सिफारिस रकम बाहेक अन्य रकम आफँले नलिएको दाबी गर्नुभयो ।

‘२५ वटा मिटर बक्सका लागि सिफारिस बनाएर उपभोक्ता स्वयम्लाई दिएको हो,’ उहाँले भन्नुभयो– ‘मिटरबक्स ल्याइदिनका लागि स्थानीय शेरबहादुर लिम्बँलाई नै उपभोक्ताले एकमुष्ट रकम बुझाएको सुनेको छु ।’ ढुंगेल हाल माङ्सेबुङ–१ कै वडा सचिव हुनुहुन्छ । स्थानीयले मिटरबक्सका लागि ५० घरधुरीबाट पैसा संकलन भएको बताए पनि गजुरमुखीबाट १७ उपभोक्ताको रकम मात्र विद्युत प्राधिकरण इलाममा जम्मा भएको प्राधिकरण प्रमुख रविनबाबु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्देका २५ घरधुरीमा मिटर बक्स जडान भइसकेको छ ।