नेप्से थोरै अंकले बढ्यो

0
Shares

काठमाडौं, (नेस)
मंगलबार बजार खुलेदेखि नै उकालो लागेको भए पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसँचक कारोबार बन्द हुने बेलासम्म निरन्तर ओरालो लाग्दा अन्ततः झिनो अंकले बढेको छ ।

कारोबारको मध्यान्तरसम्म १९ अंकले बढेको नेप्से त्यसपछि क्रमशः ओरालो लाग्दै कारोबार बन्द हुँदासम्म ४ दशमलव ७७ बिन्दँले बढेर एक हजार १९९ दशमलव २७ बिन्दँमा पुगेको छ ।
यस दिन कुल १६० कम्पनीको ११ लाख ८९ हजार ६८९ कित्ता शेयर २९ करोड ४१ लाख ८२ हजार ३४८ रुपियाँमा खरीद बिक्री भएको छ । जुन अघिल्लो दिनको भन्दा केही बढी हो ।

सोमबार १८ करोड ६५ लाख २६ हजार ५३५ रुपियाँमा खरिद बिक्री भएको थियो ।
साताको तेस्रो दिन मंगलबार बैंकिङ ५ दशमलव २६, व्यापार शँन्य दशमलव ४२, होटल ४९ दशमलव ४२, विकास बैंक २ दशमलव ८५, जलविद्युत् ३ दशमलव २४, वित्त २ दशमलव ५९, निर्जीवन बीमा १९ दशमलव ८९, अन्य २ दशमलव २६, बीमा २० दशमलव ६१ बिन्दँले बढ्दा उत्पादन १९ दशमलव ७४ र माइक्रोफाइनान्स समँह शँन्य दशमलव ७ बिन्दँले घटेको छ ।
मंगलबार ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसँचक १ दशमलव ३६ बिन्दँले बढेर २५२ दशमलव ६८ बिन्दँमा पुगेको छ ।