सभामुखद्वारा आधुनिक बसपार्कको अनुगमन



दाङ ।
संघीयसभाका सभामुख कृष्णबहादुर महराले तुलसीपुरमा निर्माण शुरु भएको आधुनिक बसपार्कको आज अनुगमन तथा अवलोकन गर्नुभएको छ । तुलसीपुर–५ को पातुखोला छेउमा उपमहानगरपालिकाले गौरवको आयोजनाका रुपमा आधुनिक बसपार्कको निर्माण गरिरहेको छ ।

रु १० करोड लागानीमा निर्माणाधीन बसपार्कको अवस्था र हालसम्म भएको कामका बारेमा सभामुखलाई नगर प्रमुख घनश्याम पाण्डेले जानकारी गराउनुभएको थियो । सो अवसरमा सभामुख महराले बसपार्क निर्माणमा केन्द्रबाट हुनसक्ने सहयोगका लागि आफूले पहल गर्ने बताउनुभयो ।

उहाँले विकासमा केन्द्रको मात्र बजेटको मुख ताक्नुभन्दा पनि निजी क्षेत्र, समुदायको सहकार्यमा स्थानीय स्रोत साधनको प्रयोग भए मात्र सबै क्षेत्रको विकास सम्भव छ भन्नुभयो ।
‘‘विकासका लागि केन्द्रीय पूँजी त आवश्यक पर्छ नै तर सबै त्यसले मात्र हँुदैन, आफ्नो क्षेत्रबाट सबैको सहयोग आवश्यक पर्छ’’, उहाँले भन्नुभयो ।

निर्माणाधीन उक्त बसपार्ककोे निर्माण कार्य पहिलो चरणमा ८० प्रतिशत पूरा भएको इन्जिनियर पवन योगीले जानकारी दिनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस्