सरकारी सञ्चार माध्यम बलियो र प्रतिस्पर्धी हुनुपर्छः मुख्यमन्त्री भट्ट



धनगढी ।
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले तुलनात्मक रुपमा जनताको बढी विश्वास रहने सरकारी सञ्चार माध्यमलाई प्रतिस्पर्धी र बलियो बनाउन जरुरी रहेको बताउनुभएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा प्रदेश सरकारका काम कारबाहीका बारेमा राष्ट्रिय समाचार समिति ९रासस०, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनका स्थानीय प्रतिनिधिसँग भएको छलफलका क्रममा उहाँले सरकारका सकारात्मक कामलाई जनतासम्म पु¥याउने गरी भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री भट्टले जनतामा आउन सक्ने निरासालाई आशामा बदल्ने काम गर्न सञ्चार माध्यमको ठूलो भूमिका रहने बताउँदै “सिस्टम बसालेर त्यो आधारमा काम कारबाहीलाई अगाडि बढाउने हो भन्नुभयो ।”

यसैबीच प्रदेश नं ७ मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश वित्तीय हस्तान्तरण विधेयक, २०७५ लाई प्रदेश सभामा पठाउन स्वीकृति दिएको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्