सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट हुने

0
Shares

काठमाडौं, (नेस)
साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीलाई यस विषयमा सचेत गराउने उद्देश्यका साथ नेपालमा पहिलोपटक ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुने भएको छ । साउन ११ र १२ गते राजधानीमा उक्त ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ हुने भएको हो ।

‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ भन्ने नारासहित हुने समिट होटल ¥याडिसनमा आयोजना हुनेछ । यस समिटको पँर्वसंध्यामा साउन ११ गते नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्रि–समिट वर्कसप सञ्चालन हुनेछ ।

विश्वप्रसिद्ध आइटी र नेटवर्किङ कम्पनी सिस्कोको मुख्य प्रायोजन तथा टेक्सास इन्टरनेसनल कलेज, लगप्वइन्ट र चेकप्वाइन्टको सहप्रायोजनमा हुने यस ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ मा सँचना प्रविधि क्षेत्रमा आबद्ध व्यावसायिक व्यक्ति, सुरक्षा विज्ञ, सरकारी अधिकारी, व्यवसायीहरुका साथमा विद्यार्थीहरुको सहभागिता हुने उक्त समिट सचिवालयले जनाएको छ ।

 

समिटको पँर्वसंध्यामा हुने प्रि–समिट वर्कसपलाई लावा, चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजिज् र इसी काउन्सिलले सहजीकरण गर्नेछन्, जुन समिटको दिनमा पनि निरन्तर हुनेछ । समिटको अवसरमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न आयमबारे छलफल हुनेछ ।

समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञबाट विभिन्न कार्य प्रस्तुती, प्यानल डिस्कसन, र की–नोट लेक्चर दिईनेछ । सहभागीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु, व्यवसायीहरु, सरकारी अधिकारीहरु, कर्मचारीहरु, क्लाइन्ट र ग्राहकहरुबिच अन्तरक्रिया गर्न सक्नेछन् । यो समिटलाई सञ्चार तथा सँचना प्रविधि मन्त्रालय, सँचना प्रविधि विभाग, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, नेपाल बैंकर संघ, क्यान महासंघ, इन्टरनेट सोसाईटी, नेपाल च्याप्टर र अन्य विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् ।