नेपाल समाचारपत्र, काठमाडौं ।
महिलाहरुको अस्मीतामाथि आच आउने गरि अशोभनिय अभिव्इक्ति दिएको भन्दै नेपाली काग्रेसले कानुन मन्त्री शेरवहादुर तामाङ्गको राजिनामा माग गरेको छ ।
प्रतिनिधिसभाको सचेतक पुष्पा भुषल गौतम र राष्ट्रिय सभाको प्रमुख सचेतक सरिता प्रसाईले सोमबार सयुक्त विज्ञप्ती जारी गरि कानुन मन्त्री तामाङ्गको राजिनामा माग गरेका हुन ।
कानुन मन्त्री तामाङ्गले गत शुक्रवार प्राक्सिस इन्टरनेशनल स्कुलका माध्यामिक शिक्षा परिक्ष उत्तिर्ण विद्यार्थिहरुलाइृ बधाई दिने क्रममा वंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुले आफ्नो अस्मिता बेच्नुपर्ने बताउनु भएको थियो । यो अभिव्यक्ति पछि कानुनमन्त्री तामाङ्गको सर्वत्र आलोचना भएपछि उहाले माफ माग्नु भएको थियो ।
‘मित्रराष्ट्र बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका र अध्ययन गरी फर्केका छात्रा (महिला) हरुको अस्मितामा आँच आउने गरी अशोभनीय अभिव्यक्ति दिने कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ्गको कार्यप्रति हाम्रो गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’ प्रतिनिधिसभाका सचेतक र राष्ट्रियसभाको प्रमुख सचेतले जारी गरेको सार्वजनीक वत्तव्यमा भनिएको छ– सार्क क्षेत्रका छिमेकी मित्रराष्ट्र वंगलादेशसँग नेपालको निकटतम् सम्बन्धमा समेत यस्तो कार्यले प्रतिकूल प्रभाव पार्ने देखिन्छ ।
‘कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलाई मन्त्री पदबाट तत्काल बर्खास्त गर्न नेपाल सरकारका प्रधानमन्त्री समक्ष हामी जोडदार माग गर्दछौं’–विज्ञप्तीमा भनिएको छ ।











प्रतिक्रिया