सातामा ६ दशमलव ७० अंकले घट्यो नेप्से

0
Shares

काठमाडौं, (नेस)
चालँ आर्थिक वर्षको पहिलो साताको नेप्से परिसँचक पहिलो दिनको तुलनामा ६ दशमलव ७० अंकले घटेर अन्तिम दिन १ हजार १ सय ९३ दशमलव ३९ अंकमा पुगेको छ ।

साताभर नेपाल स्टक एक्सचेन्जमा १ सय ८६ कम्पनीको कारोबार भएको छ । जसअनुसार १५ हजार १ सय २८ कारोबारबाट १ अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपियाँ बराबरका ४७ लाख ५४ हजार ५ सय २० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ३१ दशमलव ३२ प्रतिशत कम हो । गत साता १ सय ९१ कम्पनीको कारोबार भएको थियो । जसअनुसार २४ हजार ३ सय ७० कारोबारबाट २ अर्ब ११ करोड ८८ लाख ८ हजार रुपियाँ बराबरका ६१ लाख १२ हजार ३ सय ७० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक पहिलो दिनको तुलनामा १ दशमलव ३९ अंकले घटेर २ सय ५१ दशमलव ४२ अंकमा आइपुगेको छ । अघिल्लो साता कारोबार रकमका आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । प्राइम लाइफ संस्थापकको ३५ करोड ८० लाख १० हजार रुपियाँ बराबरको कारोबार भएको ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि १२ लाख ५२ हजार कित्ता शेयर खरिद बिक्री भई प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक नै अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्याका आधारमा ९ सय ६८ वटा कारोबारसहित नबिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

अघिल्लो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । साताभर ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यस साता सँचिकरणतर्फ रिलायन्स फाइनान्स लिमिटेडको २० लाख ५ हजार २ सय ९७ कित्ता हकप्रद, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ८६ हजार ५८ कित्ता बोनस शेयर, नेपाल इन्स्योरेन्स लिमिटेडको ३० लाख १९ हजार ८ सय ८६ कित्ता हकप्रद शेयर, नेपाल इन्स्योरेन्स लिमिटेडको १३ लाख ६ हजार ६ सय १४ कित्ता बोनस शेयर र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १० लाख १ हजार ६ सय ५७ कित्ता बोनस शेयर सँचीकृत भएको छ ।