काठमाडौं, (नेस)
तारा एयर प्रालिले नयाँ ट्विनअटर विमान भित्र्याएको छ। सो विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गरेको हो।
सो नयाँ विमान भाई किङ ४०० श्रृंखलाको हो । भाईकिङ ४०० श्रृंखलाका यी ट्विनअटर वायु यान सजिलै नेपालका चुनौतीपँर्ण विमानस्थलहरु जस्तै लुक्ला, डोल्पा, तथा रारामा उडान भर्न सक्षम रहेको कम्पनीको दाबी छ।
सबै जाँचपछि परीक्षण उडानसमेत सम्पन्नपछि सो विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा ९ एन–एएलओ दर्ता नम्बर प्रदान गरेको छ।
नयाँ वायुयान थप भएबाट नेपालको सन् २०२०सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा तारा एयरले समेत महत्वपूर्ण योगदान पु¥याउन सक्ने कम्पनीको विश्वास छ ।
चालक दलमा वरिष्ठ क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, वरिष्ठ क्याप्टेन पवनसिंह नगरकोटी तथा प्राविधिक सहयोगार्थ इन्जिनियर जगत लामा रहेका छन्। चालक दलका साथ नेपाल नागरिक उडड्यन प्राधिकरणका तर्फबाट इन्जिनियर विधान श्रेष्ठ रहेका थिए।











प्रतिक्रिया