भन्सार बाहेक अन्य शीर्षकको राजस्व संकलन लक्ष्यभन्दा कम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
गत आर्थिक वर्ष २०७४÷७५ मा सरकारले राजस्व संकलनमा आफ्नो लक्ष्य भेट्टाए पनि भन्सार राजस्व संकलन बाहेक अन्य कुनै पनि शीर्षकमा लक्षित राजस्व संकलन भएको छैन ।

चालँ आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपियाँभन्दा बढी राजस्व संकलन गर्ने सरकारको लक्ष्य रहेकोमा ७ खर्ब ३१ अर्ब ३७ करोड रुपियाँ बराबर राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा छ । सरकारले वार्षिक राजस्वको संकलनको लक्ष्य भेट्टाए पनि भन्सार महशुल बाहेक अधिकांश राजस्व शीर्षकमा लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेको देखिँदैन । भन्सार महशुलबाट मात्र शतप्रतिशत राजस्व संकलन भएको छ । सरकारले सो शीर्षकबाट १ खर्ब ३७ अर्ब ७८ करोड राजस्व असुली गरेको छ ।

भन्सार राजस्व बढ्नुको अर्थ मुलुकमा बढी वस्तु तथा सेवाको आयात भएको र यसले वैदेशिक व्यापार सन्तुलन कायम गर्न नकारात्मक प्रभाव पार्ने अर्थशास्त्रीहरु बताउँछन् । वार्षिक संकलित राजस्वमध्ये मँल्य अभिवृद्धि (भ्याट) बाट २ खर्ब ६ अर्ब ७५ करोड संकलन भएको छ ।

उक्त शीर्षकमा असुली भएको कर लक्ष्यको तुलनामा ९५ दशमलव ७३ प्रतिशत हो । सरकारले उक्त शीर्षकमा २ खर्ब १५ अर्ब ९६ करोड रुपियाँ बराबर राजस्व असुली गर्ने लक्ष्य राखेको थियो ।

अन्तःशुल्क शीर्षकबाट गत आर्थिक वर्षमा सरकारले १ खर्ब २ अर्ब ८८ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको भए पनि १ खर्ब २ अर्ब ५७ करोड रुपियाँ बराबर मात्र राजस्व संकलन गरेको छ । अन्तःशुल्कतर्फ ३१ करोड रुपियाँ बराबर कम राजस्व संकलन भएको छ ।

त्यसैगरी, आयकरबाट १ खर्ब ६७ अर्ब १९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १ खर्ब ५९ अर्ब ८१ करोडमात्र राजस्व संकलन गरेको छ । यसरी अन्तःशुल्कतर्फ ८ अर्ब रुपियाँ बराबर कम राजस्व संकलन भएको छ । गत आर्थिक वर्षमा रजिस्टे«सन दस्तुरबाट १९ अर्ब ३२ करोड, सवारी साधन करबाट १० अर्ब ६७ करोड, अन्य करबाट २० अर्ब ३७ करोड राजस्व संकलन गरेको छ । त्यसैगरी सरकारले शिक्षा सेवा शुल्कबाट ९१ करोड र स्वास्थ्य सेवा करबाट १ अर्ब १४ करोड संकलन गरेको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा गैरकरबाट ७१ अर्ब १८ करोड राजस्व संकलन भएको छ । उक्त शीर्षकमा संकलन भएको राजस्व भने लक्ष्यको तुलनामा बढी हो ।

सरकारले वार्षिक लक्ष्य अनुरुप राजस्व संकलन गरे पनि कुल राजस्वको आधाभन्दा बढी हिस्सा ओगट्ने ठँला करदाता कार्यालयले पनि आफ्नो लक्षित कर उठाउन सकेको देखिँदैन । ठँला करदाता सेवा कार्यालयले गत आर्थिक वर्षमा १ खर्ब ५६ अर्ब राजस्व संकलनको लक्ष्य लिए पनि १ खर्ब ४८ अर्ब ५० करोड रुपियाँ बराबरमात्र राजस्व संकलन भएको देखिन्छ ।

आन्तरिक राजस्व विभागले २ खर्ब ९९ अर्ब ९१ करोड राजस्व उठाउने लक्ष्य पाएकोमा ७४ दशमलव २८ प्रतिशत राजस्व ठँला करदाता कार्यालयले संकलन गरेको छ । संकलित राजस्व कुल राजस्वको २० प्रतिशतभन्दा धेरै हो ।

आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा मँल्य अभिवृद्धि करबाट ७६ अर्ब, आयकरबाट १ खर्ब ३८ अर्ब, अन्तःशुल्कबाट ६० अर्ब ३९ करोड राजस्व संकलन गरेको छ । सरकारले सो अवधिमा ब्याजकरबाट १४ अर्ब ९२ करोड राजस्व संकलन गरेको छ ।